पत्रकार भण्डारीलाई मातृशोक
मङ्गलबार, २१ चैत २०७९, २१ : ०७

काठमाडौँ । नेपाल पत्रकार महासंघका पूर्व उपाध्यक्ष तथा प्रेस सेन्टर नेपालका वरिष्ठ नेता खिलबहादुर भण्डारीलाई मातृशोक परेको छ । भण्डारीकी आमा दुदकुमारी भण्डारीको ७६ वर्षको उमेरमा मङ्गलवार साँझ काठमाडौँस्थित निवासमै निधन भएको हो ।
केही समययता मिर्गौलासम्बन्धी समस्याबाट पीडित स्वर्गीय भण्डारीका दुई छोरा, १ छोरी र श्रीमान रहेका छन् । खिलबहादुर जेठा छोरा हुन् ।
स्वर्गीय भण्डारीको मङ्गलवार राति नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिँदैछ । रातोपाटी डटकमका संस्थापक सम्पादक ओम शर्माले स्वर्गीय भण्डारीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गरेका छन् ।