नेटोले युक्रेनका लागि बहु-वर्षीय सहयोग कार्यक्रम तय गर्ने
मङ्गलबार, २१ चैत २०७९, २० : १४

कीभ । उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नेटो) का महासचिव जेन्स स्टोल्टेनबर्गले युक्रेनका लागि बहुवर्षीय सहयोग कार्यक्रमबारे छलफल बताएका छन् । इन्टरफ्याक्स-युक्रेन समाचार एजेन्सीले जनाएअनुसार सो विषय यही अप्रिल ४ र ५ गते हुन गइरहेको नेटो विदेश मन्त्रीहरूको बैठकको कार्यसूची हुने छ ।
"मलाई आशा छ- नेटो विदेशमन्त्रीहरूले युक्रेनको सहयोगका निम्ति बहु-वर्षीय कार्यक्रममा सहमत हुनेछन्," स्टोल्टेनबर्गले ब्रुमा पत्रकार सम्मेलनमा भनेका छन्।
रुससँगको द्वन्द्वमा युक्रेनलाई सहयोग प्रदान गर्नुका साथै यो कार्यक्रम युक्रेन र नेटोबीचको सम्बन्धको विकासको दीर्घकालीन परिप्रेक्ष्यका निम्ति पनि महत्त्वपूर्ण स्टोल्टेनबर्गको धारणा छ ।
सो बैठकमा नेटो देशका विदेश मन्त्रीहरूले युक्रेनको सशस्त्र बललाई समर्थन गर्ने उपायहरुमा पनि थप छलफल गर्नेछन् ।-(रासस-सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थानीय तहमा आपत्कालीन गोदाम घर बनाउनुपर्नेमा गृहमन्त्रीकाे जोड
-
गभर्नर नियुक्ति विवादसम्बन्धी रिट निरन्तर हेर्न नभ्याइने
-
धवलशमशेरको बयान, ‘राज्यविरुद्धको अपराध गरेको छैन’
-
माओवादीले एकचोटी हानेपछि राजावादी बेलुनको हावा खुस्कियो : प्रचण्ड
-
प्रतिनिधिसभा बैठक सोमबारसम्मका लागि स्थगित
-
दक्षिण कोरियाको विपक्षी दलद्वारा नेता लीलाई राष्ट्रपति पदको उम्मेदवार घोषणा