बुटवलमा विश्व हिन्दु महासंघ नेपालको महाधिवेशन सुरु
![बुटवलमा विश्व हिन्दु महासंघ नेपालको महाधिवेशन सुरु](https://npcdn.ratopati.com/media/news/world-hindu-federation_t4glFUDeUp.jpg)
बुटवल । विश्व हिन्दु महासंघ नेपालको केन्द्रीय महासभा तथा आठौं महाधिवेशन बुटवलमा सुरु भएको छ । नेपाल सन्त समाजका १००८ स्वामी ज्ञानानन्द सरस्वतीले महासभा तथा महाधिवेशन उद्घाटन गरेका हुन् ।
बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा उद्घाटन गरिएको कार्यक्रम भोलिसम्म चल्नेछ । उद्घाटन अघि बुटवलमा शोभा यात्रा गरिएको थियो । बुटवल–६ हाटबजारबाट सुरु भएको शोभा यात्रा पाल्पा रोड, ट्राफिकचोक, अस्पताल लाइन, मिलनचोक, चौराहा हुँदै बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा पुगेर उद्घाटन सत्रमा परिणत भएको थियो ।
महासंघका केन्द्रीय अध्यक्ष डा. रामचन्द्र अधिकारीले वेद नै विज्ञान भएको भन्दै वेदका आधारमा जीवन पद्धति अगाडि बढाउनुपर्ने बताए । उनले नेपाललाई धार्मिक स्वतन्त्रता सहितको हिन्दु राष्ट्र बनाउनु पर्ने महासंघको माग रहेको प्रस्ट पारे ।
महासभामा विभिन्न जिल्लाबाट प्रतिनिधि तथा पर्यवेक्षक गरी १५ सय भन्दा बढी सहभागी छन् । महाधिवेशनले महासंघको नयाँ नेतृत्व समेत चयन गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्ली विधानसभा चुनावमा निल भएपछि राहुल गान्धीले के भने ?
-
मुक्तकमैया र कमलरीको समस्या समाधान गर्न सरकारले पहल गर्छ : मन्त्री राणा
-
देशको राजनीतिले असल पार्टी खोजेको छ : अध्यक्ष नेपाल
-
दार्चुलामा भारत सरकारको सहयोगमा निर्मित जिल्लामा स्वास्थ्य चौकी भवन उद्घाटन
-
आपमाथि मोदीको कटाक्ष : परिवर्तन गर्नेछु भनेर आएकाहरू बेइमान निस्किए
-
अध्यादेशमा जसपा नेपालको आपत्ति कहाँ ?