राष्ट्रिय सभाबाट दुई विधेयक पारित, प्रतिनिधि सभामा पठाइयो
मङ्गलबार, २१ चैत २०७९, १८ : ०६

काठमाडौँ । राष्ट्रिय सभाबाट दुईवटा विधेयक पारित भएको छ । मंगलबार बसेको बैठकमा राष्ट्रिय सभाबाट उत्पत्ति भएका दुई विधेयक सर्वसहमतिले पारित भएका हुन् ।
बैठकबाट सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ र सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७ पारित गरिएको छ । पारित भएका यी दुवै विधेयक प्रतिनिधि सभामा पठाइएको छ ।
सुरक्षण मुद्रण सामग्रीको स्वदेशभित्र नै सुरक्षित, भरपर्दो र गुणस्तरीय मुद्रणको लागि सुरक्षण मुद्रण केन्द्रको स्थापना र सञ्चालन गर्ने सन्दर्भमा कानुनको व्यवस्था गर्न सुरक्षण मुद्रण सम्बन्धी विधेयक ल्याइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन प्रतिवेदन सार्वजनिक लेखा समितिमा पेश
-
आईपीएल : मुम्बईको पुनरागमन, लगातार दोस्रो जित
-
लामखुट्टे धपाउन बालेको घुरले आगलागी, पाँच परिवारको विचल्ली
-
हिलो र चिप्लोका कारण दाउन्नेमा यातायात अवरुद्ध
-
एकता महाधिवेशनबाट नेतृत्वका लागि तयार छु : विनोद कुँवर
-
चुनकुमारी हत्या प्रकरण : ६ जना पक्राउ