प्रदेश कार्यालयभित्र फोहोर फालेको घटनाप्रति टेलिकमको आपत्ति
मङ्गलबार, २१ चैत २०७९, १७ : ३६

पर्सा । वीरगञ्जमा रहेको नेपाल टेलिकमको प्रादेशिक निर्देशनालय मधेस प्रदेशको कार्यालय परिसरभित्र फोहोर फालेको घटनाप्रति कम्पनीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
प्रवक्ता शोभन अधिकारीका अनुसार मंगलबार बिहान करिब ९.१५ बजे अचानक १५÷२० जना अनधिकृत व्यक्तिहरूको समूहले ५÷७ ट्याक्टर फोहोर फालेका थिए । महानगरको सफा र सुन्दर नगर निर्माण गर्ने अभियानविरुद्ध हुने गरी भएको घटनाका कारण निर्देशनालयको वातावरण दुर्गन्धित भई स्वास्थ्यमा प्रतिकूल असर पर्ने देखिनुका साथै कार्यालयको काम गर्ने वातावरणमा समेत नकारात्मक असर परेको टेलिकमले बताएको छ । अधिकारीले यस्तो अमर्यादित कार्यको भर्त्सना गर्दै यस्ता अवाञ्छित घटना हुन नदिन सम्बन्धित सबैको ध्यानाकर्षण गराएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५२ संवैधानिक नियुक्तिविरुद्धको रिट आज पनि हेर्दाहेर्दैमा
-
जलवायु परिवर्तनको असरलाई न्युनिकरण गर्ने विषयमा सरकार गम्भीर : वनमन्त्री
-
कार्यविभाजनपछि पहिलो पटक माओवादी स्कुल विभागको बैठक, के–के भयो छलफल ?
-
अब कसरी निर्वाचित हुन्छन् नयाँ पोप ?
-
बोलेरो गाडीमा आगलागी हुँदा ४ जनाको जलेर मृत्यु
-
मादी नदी लिफ्ट खानेपानी योजना अधुरै