ग्लोबल हाईड्रोपावर, मेगा क्यापिटल र एसबिआई मर्चेन्टबीच सम्झौता
मङ्गलबार, २१ चैत २०७९, १७ : २८
काठमाडौँ । ग्लोबल हाईड्रोपावर एसोशिएट्स लिमिटेडले निष्काशन गर्न लागेको साधारण सेयरको प्रत्याभूति सेवा उपलब्ध गर्नको लागि मेगा क्यापिटल मार्केट्स लिमिटेड तथा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडबीच सम्झौता भएको छ ।
मंगलबार एक कार्यक्रमका बीच ग्लोबल हाईड्रोपावरका तर्फबाट अध्यक्ष मोतीलाल दुगड, मेगा क्यापिटलका कामु प्रमुख कार्यकारी अधिकृत शुलभ श्रेष्ठ र नेपाल एसबिआई मर्चेन्टका प्रमुख कार्यकारी अधिकृत देवराज अधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । ग्लोबल हाईड्रोपावरले ५८ करोड ६० लाख सेयर पूँजी बराबरको रु.१०० दरको ५८ लाख ६० हजार ००० कित्ता सेयर निष्कासन गर्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कथा सकिने डरले चलचित्र निर्देशक बनेका गायक सपूत
-
आज सातै प्रदेशमा वर्षाको सम्भावना, उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात
-
बुण्डेस लिगामा शीर्ष स्थानको बायर्न म्युनिख विजयी
-
७ करोडको काठ वन कार्यालयमै कुहिँदै
-
गाजामा फेरि इजरायली आक्रमण तीब्र, स्कुलमा दुई बच्चासहित ८ मारिए
-
सूर्यको बार आज कसलाई कति लाभदायी ? हेर्नुहोस् राशिफल