शुक्रबार, ०२ कात्तिक २०८१
ताजा लोकप्रिय

प्रभु स्टीलले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकका लागि आवेदन आह्वान

मङ्गलबार, २१ चैत २०७९, १७ : १८
मङ्गलबार, २१ चैत २०७९

काठमाडौं । प्रभु स्टील एण्ड हाइड्रो इक्युपमेन्ट इण्डस्ट्रिज लिमिटेडले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले मंगलबार एक सूचना प्रकाशित गर्दै आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक नियुक्तिका लागि सिलबन्दी बोलपत्र आह्वान गरेको हो । बिक्री प्रबन्धकले ९८ लाख कित्ता सेयर निष्कासन गर्न चाहिने प्रत्याभूतिकर्ता जुटाउने प्रतिबद्धता समेत जनाउनुपर्ने कम्पनीले जनाएको छ ।  

२०७५ ज्येष्ठ मा स्थापित यो कम्पनीको अधिकृत पुँजी २ अर्ब ५ करोड रहेको छ भने जारी पुँजी २ अर्ब र चुक्ता पुँजी  १ खर्ब २ करोड रुपैयाँ रहेको छ । आईपीओ निष्कासनपछि कम्पनीको चुक्तापूँजी २ अर्ब पुग्नेछ ।

कूल जारी आईपीओ मध्ये २० लाख कित्ता सेयर प्रभु ग्रुप अफ कम्पनीको प्रभु होल्डिङ्ग, प्रभु ऊर्जा कृषि पर्यटन बिकास लिमिटेड र हाईड्रो होल्डिङ्गस, कम्पनीका कर्मचारीहरुको लागि छुट्याइने छ भने समान २० लाख कित्ता उद्योग प्रभावित जिल्लावासीका लागि वितरण गरिने कम्पनीले जनाएको छ । बाँकी रहेको ५८ लाख कित्ता म्युचुअल फन्ड र सर्वसाधारणका लागि छुट्याइने कम्पनीले जनाएको छ ।  

यद्यपि, कम्पनीले प्रिमियममा मूल्यमा आईपीओ जारी गर्ने भएको हो । हाल फलामजन्य निर्माण सामाग्रीहरु टीएमटी छड, प्लेन रड, स्क्वायर रड, गेट च्यानल, शर्टर पत्ति, एङगल, हाईड्रोपावरको लागि चाहिने जिआई पाईप, पेनस्टक पाइप, हेड्वर्सकोे सामाग्री, केवलकारको लागि चाहिने सामान, हाइड्रोको हाईटेन्सनलाईनको खम्माको सामान, आकाशे पुल, झोलुङ्गे पुललाई चाहिने फलाम तथा स्टीलका निर्माण सामाग्री उत्पादन गरिरहेको छ । आईपीओ निष्कासनको लागि हाल कम्पनीले सम्पत्ति र दायित्वको मूल्याङ्कन समेत गरिरहेको जनाएको छ । 

कम्पनीले आर्थिक वर्ष २०७८/७९ मा ८ करोड ९० लाख रुपैयाँ भन्दा बढीको उत्पादन तथा बिक्री गरेको थियो ।  चालु आर्थिक वर्षमा करिब २० करोडको कारोबार गर्ने लक्ष्य लिएको  र  आर्थिक वर्ष २०८०/८१ मा वार्षिक १ अर्बको कारोबार गर्ने लक्ष्य लिएको कम्पनीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप