४ बुँदे सहमतिपछि नेविसंघकाे रिले अनसन स्थगित
मङ्गलबार, २१ चैत २०७९, १७ : ०७

काठमाडौं । नेपाली कांग्रेसकाे भ्रातृ संस्था नेविसंघकाे विवाद मिलेको छ । पार्टीका सहमहामन्त्री भीष्मराज आङ्दम्वेको रोहवरमा मंगलबार ४ बुँदे सहमति भएपछि विवाद समाधान भएको हो ।
नेविसंघको अध्यक्ष दुजाङ शेर्पाको अध्यक्षतामा गठित नेविसंघको कार्यसमितिलाई १० दिनभित्र पूर्णता दिने सहमति भएको छ । यस्तै नेविसंघको आगामी १२ औं महाधिवेशन ८ महिनाभित्र सम्पन्न गर्ने, जिल्लामा देखिएका समस्या पार्टी नेतृत्वबीच छलफल गरी यथाशीघ्र समाधान गर्ने र जारी रिले अनसनलाई आजै स्थगित गर्ने सहमति भएको छ ।
सहमति पत्रमा कांग्रेस केन्द्रीय कार्यालय सचिव प्रेम केसी, नेविसंघ अध्यक्ष दुजाङ शेर्मा र नेविसंघ वृहत संघर्ष समितिको तर्फबाट उज्जल बज्राचार्यले हस्ताक्षर गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरायो चेन्नईको चमक, लगातार चौथो हार
-
पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्न पदमार्ग निर्माण
-
१२ बजे, १२ समाचार : अछाममा आगलागी हुँदा सात पसल पूर्णरूपमा जलेदेखि ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञले दिए राजीनामासम्म
-
पर्वतीय पथप्रदर्शकलाई ‘हाई माउन्टेन रेस्क्यु’ तालिम
-
सामरी खोलामा मापदण्डविपरीत उत्खनन, हेरेर फर्कियो जिसस
-
ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ अधिकारीले दिए राजीनामा