पोखरामा ४५ वर्षीय पुरुषद्वारा आत्मदाह

पोखरा । पोखरामा एक व्यक्तिले आत्मदाह गरेका छन् । पोखरा महानगरपालिका वडा नम्बर १७ विरौटास्थित मेलमिलाप टोलका ४५ वर्षीय इन्द्रप्रसाद अर्यालले घरको कोठामा आत्मदाह गरेका हुन् ।
वडा प्रहरी कार्यालय बैदामका डिएसपी वेद जोसीका अनुसार अर्यालले शरीरमा आगो लगाएर आत्मदाह गरेका हुन् । प्रहरी पुग्दा घरको कोठा भित्रबाट चुकुल लगाइएको पाइएको डिएसपी जोसीले बताए ।
मंगलबार दिउँसो साढे ३ बजे प्रहरी पुग्दा शरीर जलेको अवस्थामा शव भेटिएको थियो ।
‘तीनतले घरको दोस्रो फ्ल्याटमा उनले शरीरमा आगो लगाएर आत्मदाह गरेको देखिन्छ,’ डिएसपी जोसीले भने, ‘घरमा कोही हुनुहुँदो रहेनछ । श्रीमति जागिर र छोरी घरबाहिर रहेको अवस्थामा घटना भएको देखिन्छ ।’ अर्यालको कोठामा ग्यालीन भेटिएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको अनुसन्धान थालेको जनाएको छ ।
अर्याल वैदेशिक रोजगारमा जाने आउने गर्ने गरेको प्रहरीले जनाएको छ । उनी कतारबाट नेपाल फर्केको ६ महिना भएको बताइएको छ । घटनाबारेमा श्रीमतीसँग बुझ्न खाेज्दा बोल्न सक्ने अवस्था नरहेकाले सोधपुछ गर्न नसकिएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पृथ्वी राजमार्ग काहीँ धमाधम काम काहीँ धुलैधुलो, तस्बिरहरू
-
ऊर्जा मन्त्रालयले कुलमानलाई पठायो स्पष्टीकरण पत्र (पूर्णपाठ)
-
सात जना नारीलाई सम्मान गर्दै सकियो ‘महिला चलचित्र महोत्सव’
-
भीपीएनबाट मोबाइल बैंकिङ एप नचल्ने, ‘इन्टरनेट बैंकिङ’ हट्यो
-
संसद्बाट स्वीकृत ५ अध्यादेश कानुन बन्न चैत १८ भित्र प्रतिस्थापन विधेयकका रूपमा पारित हुनुपर्ने
-
‘नेपालसँग यस्तो सम्बन्ध राख्नुपर्छ, जसले चीनका लागि मैदान खाली नहोस्’