सरकारी तलब खाएर राजनीति गर्ने शिक्षक र कर्मचारी नेपालमा मात्र : उपाध्यक्ष मिश्र
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले सार्वजनिक विद्यालयका शिक्षकहरूलाई राजनीति गर्नबाट रोक्न नसके देश रूपान्तरणको सम्भावना नरहेको दाबी गरेका छन् । मंगलबार काठमाडौँमा भएको सामुदायिक विद्यालय व्यवस्थापन समितिहरूको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै मिश्रले सरकारी तलब खाएर राजनीति गर्ने शिक्षक र कर्मचारीहरू नेपालबाहेक कुनै पनि देशमा नरहेको बताएका हुन् ।
उनले सरकारी कार्यालयमा सात युनियनको बोर्ड झुन्ड्याएर, राजनीति गरेर शिक्षा प्रणालीले प्रगति गर्न नसक्ने स्पष्ट पारे । उनले भने, ‘संसारमा कुनै पनि यस्तो देश छैन, जहाँ सरकारी तलब खाएर, एउटा सरकारी कार्यालयमा सात वटा युनियनको बोर्ड झुन्ड्याएर, राजनीति गरेर शिक्षा प्रणालीले प्रगति गरेको स्थिति कतै पनि छैन । हामी जस्तोसुकै कानुन लिएर आउँ, त्यो कानुनले नै सार्वजनिक विद्यालयका शिक्षकहरूलाई, सरकारी तलब खाने शिक्षकहरूलाई हामीले राजनीतिबाट रोक्न सकेनौँ भने यो देशमा तपाईंले मरिमेट्नुस् यो देशको रूपान्तरण सम्भव छैन । हामी सार्वजनिक शिक्षा सुधारको कुरा गर्छौँ, तर हाम्रा छोराछोरीलाई सार्वजनिक विद्यालयमा राख्दैनौँ, यो देशमा सार्वजनिक विद्यालयका प्रधानाध्यापकहरूले सके भने आफ्ना छोराछोरीहरूलाई (अपवादलाई छोडेर) सार्वजनिक स्कुलमा पढाउनुहुन्न । किनभने हामी हाम्रा छोराछोरीको भविष्यमा खतरा मोल्न सक्दैनौँ ।’
यो बुर्जुवा शिक्षा भयो र यो शिक्षा प्रणालीबाट देशको रूपान्तरण हुँदैन भनेर आएका नेताहरूले नै आज आफ्ना छोराछोरी निजी स्कुलमा पढाउनु यो पीडाको विषय हो । ‘कम से कम विद्यालय, विश्वविद्यालयमा राजनीति नगरौँ, देशको रूपान्तरण हुनै सक्दैन । निजी बिजनेस गर्न दक्ष जनशक्ति चाहिने अनि देशको विकास गर्न दक्ष जनशक्ति नचाहिने ? देशमा स्कुलको विद्यार्थीलाई राप्रपा बनाएको छ, काँग्रेस बनाएको छ, कम्युनिस्ट बनाएको, प्राध्यापकलाई त्यही छ । म शिक्षाको राजनीतिकरणलाई जघन्य अपराध भन्छु,’ मिश्रले भने । उनले देशमा सरकारी काम गर्ने कर्मचारीलाई राजनीति गराएर तथा कर्मचारीतन्त्रमा प्रभाव पारेर देश सम्पन्न बन्न नसक्ने जिकिर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : कक्षा १२ को परीक्षा रोकियो, शिक्षकपछि कर्मचारीको आन्दोलन
-
सोलुखुम्बुमा जलवायुसम्बन्धी सम्मेलन सम्पन्न
-
नेपाल आए मेटाका प्रतिनिधि, होला सामाजिक सञ्जाल दर्ता ?
-
आईपीएल : दिल्लीले कमब्याक गर्दा १ सय ५९ रनमा रोकियो लखनउ
-
प्रमुख प्रशासकीय अधिकृत मेहतालाई विराटनगर महानगरमा हाजिर गर्न नदिइने
-
निसानको ३ दिने ‘प्रि-मनसुन नेसनवाइड सर्भिस क्याम्प’ देशभरका १६ वटा चेकपोइन्टहरूमा सुरू