चोरीको स्कुटर सहित ३ जना ट्राफिक प्रहरीको नियन्त्रणमा

चोरीको स्कुटर सहित भक्तपुरको सूर्यविनायक नगरपालिका ६ पाण्डुबजारबाट ३ जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । काभ्रेपलाञ्चोकको तिमाल गाउँपालिका ७ घर भइ हाल भक्तपुरको सुर्यविनायक बस्ने १९ वर्षीय संजिव लामा, काभ्रेपलाञ्चोककै तिमाल गाउँपालिका ७ घर भइ हाल भक्तपुरको सुर्यविनायक बस्ने २३ वर्षीय नुर्भु लामा र काभ्रेपलाञ्चोकको पाँचखाल घर भइ हाल भक्तपुरको सुडाल बस्ने २३ वर्षकै कृष्ण तामाङलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।
गत पुस १७ गते काठमाडौँको रातोपुलबाट हराएको बा ५४ प ९३ ३९ नम्बरको स्कुटर संजिवले भक्तपुरको सुर्यविनायक नगरपालिका ६ पाण्डुबजार सडकखण्डमा वास्तविक नम्बरमै चलाईरहेको पाईएपछि संजिवलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको थियो । सोधपुछको क्रममा उनले अन्य दुई जनाको संलग्नता रहेको समेत खुलाए पछि नुर्भु र कृष्णलाई पनि ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा आएका तिनै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागी आज प्रहरी वृत्त गौशाला पठाइएको छ । उक्त चोरी भएको स्कुटर उदयपुरको चौदण्डीगढी नगरपालिका १० घर भई हाल काठमाडौँको बानेश्वर बस्ने धन बहादुर राउतले काठमाडौँको रातोपुलबाट हराएको भनि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिएका थिए ।
उक्त निवेदनका आधारमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा रहेको पिडित सहायता ईकाइबाट खटिएको ट्राफिक प्रहरी टोलीले चोरीको स्कुटर सहित तिनै जनालाई भक्तपुरको सुर्यविनायक नगरपालिका ६ पाण्डु बजारबाट नियन्त्रणमा लिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : शिक्षकलाई विद्यालय फर्कन सरकारको आह्वानदेखि संसदको बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिससम्म
-
मकालु हिमाल आरोहण गर्ने कान्छी आरोहि शेर्पा सम्मानित
-
मन्त्रिपरिषद्को आह्वानपछि शिक्षक महासंघले के भन्यो ?
-
शिक्षकहरुलाई विद्यालय फर्कन सरकारको आह्वान
-
वैशाख १२ गते संघीय संसदको बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस
-
मोटरसाइकलको ठक्करबाट ६० वर्षीय पुष्प दासको मृत्यु, ३० वर्षीय दुरेन पक्राउ