रासायनिक मलको व्यवस्था मिलाउने काम सरकारको हातमा छैन : कृषि भुसाल

काठमाडौँ । कृषि तथा पशुपक्षी विकासमन्त्री डा. बेदुराम भुसालले रासायनिक मलको आवश्यक व्यवस्था मिलाउने काम सरकारको हातमा नरहेको बताएका छन् ।
रासायनिक मलको अभाव रहेको तथ्य उल्लेख गर्दै उनले तर कहिले आयात हुन्छ भनेर भन्न सकिने अवस्था नरहेको प्रष्टयाएका हुन् ।
अन्य मुलुकको यातायात व्यवस्था कतिको सहयोगी हुन्छ भन्ने कुराले यसलाई निर्धारण गर्ने भएकाले सो मलको आयात यति नै हुन्छ भनेर भन्न सक्ने अवस्था सरकार नरहेको मन्त्री भुसालको भनाई थियो । मंगलबार राष्ट्रियसभा बैठकमा सांसदहरुले उठाएका जिज्ञासाहरुको जवाफ दिनेक्रममा उनले यस वर्षका लागि मलको आवश्यक व्यवस्था मिलाउन करिब ७५ प्रतिशत सम्झौता भइसकेपनि त्यसलाई ल्याउने कुराको टुंगो नभएको पनि सदनलाई जानकारी गराए ।
मन्त्री भुसालले रासायनिक मलको आवश्यकता व्यवस्था मिलाउन र कृषकलाई ऋण र अनुदान उपलब्ध गराउने कार्यमा दूरुपयोग हुन नदिने विषयमा लिखित सुझाव दिन पनि सांसदहरुलाई आग्रह गरे ।
मन्त्री भुसालले सरकारले किसानहरुको समस्या समाधानका निम्ति सांसदहरुले दिएको सुझावलाई ग्रहण गरेर अघि बढ्ने प्रतिबद्धता पनि पटकपटक दोहोए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तराखण्डमा हिमपहिरो, हालसम्म ४ जनाको मृत्यु
-
दल विभाजनतर्फ नलाग्न सरकारसँग जोशीको आग्रह
-
केभिआर स्टेज रेस च्यालेन्जमा लोकेन्द्र र सोनिमा विजेता
-
पोखरामा त्रिदेशीय पर्यटन एक्स्पो सम्पन्न
-
कुलेखानीले बगाएको सिस्नेरी सडक पुनः निर्माण गर्न २ प्याकेजमा ठेक्का
-
कालसँग कुस्तीः असी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त सार्वजनिक