के साउदी अरबको यो निर्णय पूर्ण परिवर्तनको सङ्केत हो ?

विज्ञहरूले साउदी अरबर यसका सहयोगीहरूले तेल उत्पादनमा धेरै प्रकारले कटौती गर्ने अचानक गरेको निर्णयलाई विभिन्न कोणले हेरिरहेका छन् ।
अमेरिकी अखबार द वाल स्ट्रिट जर्नल ( डब्ल्यूएसजे) ले साउदी अरबका युवराज मोहम्मद बिन सलमानले अब अमेरिकाको कुरा सुनी नरहेको र राष्ट्रवादी ऊर्जा नीति अन्तर्गत अगाडि बढिरहेको लेखेको छ ।
डब्ल्यूएसजेले युवराजले साउदी अरबको विदेश नीतिलाई नयाँ दिशा दिइरहेको भन्दै लेखेको छ । साउदी अरबको तेल कटौतीको निर्णय स्तब्ध पारिदिने खालको छ । आइतबार साउदी अरबले तेल उत्पादनमा कटौतीको घोषणा गरेपछि सोमबार कच्चा तेलको मूल्य एकै दिनमा ६.३ प्रतिशतले बढेर तेलको मूल्य प्रति ब्यारेल ८४.९३ डलर पुग्यो ।
डब्ल्यूएसजेले लेखेको छ कि छ महिना भन्दा कम समयमा, साउदी अरबले दोस्रो पटक अमेरिकी चिन्तालाई बेवास्ता गरेको छ।
युक्रेन युद्धका कारण तेलको मूल्य नबढोस् भनेर अमेरिका लगातार कोसिस गरिरहेको छ । तेलको मूल्य बढ्यो भने यसले रुसलाई सहयोग मिल्नेछ । अमेरिकी राष्ट्रपति जो बाइडेन यही सोच लिएर गत वर्ष जुलाईमा साउदी अरब गएका थिए तर साउदीले यस विषयमा कुनै सहयोग गरेन ।
आइतबार तेल उत्पादन कटौती गर्ने निर्णय गरेर साउदी अरबले तेलबाट नाफा कमाउन जे पनि गर्ने सङ्केत गरेको विज्ञहरू बताउँछन् ।
विश्लेषकहरूका अनुसार युवराज मोहम्मद बिन सलमानले ‘साउदी फर्स्ट’ को नीति अपनाइरहेका छन् ।
डब्ल्यूएसजेले लेखेको छ, ‘साउदी अरब अब अमेरिकाको तुष्टीकरणको लागि काम गर्न तयार छैन । अमेरिकाले अब साउदी अरबलाई कुनै अनुरोध गरेमा उसले आफ्नो हितलाई बेवास्ता गर्दैन । अमेरिकी अधिकारीहरूले साउदी अरबको यो निर्णय अचम्मको कुरा नभएको तर यो निर्णयलाई न्यायोचित भन्न नसकिने बताएका छन् । यसका बाबजुद पनि अमेरिकाले साउदी अरब महत्त्वपूर्ण साझेदार भएको बताउँदै आएको छ ।’
साउदी अरबको कटौतीको घोषणापछि लगानी बैङ्किङ कम्पनी गोल्डम्यान साक्सले तेलको मूल्य प्रति ब्यारेल १०० डलर पुग्न सक्ने अनुमान गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बार निर्वाचन : एमाले–माओवादी गठबन्धनको साझा उम्मेदवार को ?
-
जर्मनीको प्याराडाइज फिल्म फेस्टिभलमा नेपाली ‘द्रौपदी’ छनोट
-
ज्यान मुद्दामा कैद सजाय ठहर भएका दम्पती २४ वर्षपछि पक्राउ
-
ललिता निवासमा अख्तियारको पुनरावेदन : सफाइ पाएका तीन मन्त्रीसहित यी हुन् प्रतिवादीहरू
-
सरकारलाई दिएको समर्थन कायमै राख्ने जसपा नेपालको निर्णय
-
कलाकार संघले घोषणा गर्यो पुरस्कार र सम्मान