कांग्रेसले भन्यो–रामपुर क्याम्पसमा नेविसंघ कार्यकर्ता कुटिए, घटनाको छानबिन होस्

काठमाडौँ । नेपाली कांग्रेसले रामपुर कृषि क्याम्पस चितवनमा नेविसंघका नेतामाथि क्याम्पस हाताभित्रै कुटपिट भएकोले घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेको छ।
कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले मंगलबार विज्ञप्ति जारी गर्दै कार्यवाहक सभापति विवेक अर्याललाई कुटपिट भएकोले छानबिन गर्न माग गरेका हुन्।
रामपुर क्याम्पसमा नेविसंघको बहिस्कारका बीच गत चैत १७ गते क्याम्पसमा स्ववियु चुनाव भएको थियो।
‘नेविसंघ रामपुर कृषि क्याम्पस खैरहनीका का।वा। सभापति एवं स्ववियु सचिव पदका उम्मेदवार विवेक अर्याललाई क्याम्पस हाताभित्रै आक्रमण गरिएको छ र उहाँ गम्भीर घाइते हुनु भएको छ। यस घटनाको नेपाली कांग्रेस घोर निन्दा र भत्र्सना गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ।
चैत १७ मा प्रहरीको कुटपिटबाट स्ववियु सभापतिका उम्मेदवार आशिष देवकोटा र सुरज यादव गम्भीर घाइते भएको पनि कांग्रेसको दाबी छ ।
उक्त घटनाको यथार्थ छानबिनका साथै स्ववियु चुनाव रद्द गरी पुनः निर्वाचन गराउन कांग्रेसले माग गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धरानका मेयर हर्कराज भन्छन् - प्रधानमन्त्रीको आश्वासनमा शंका छैन, तर विश्वास लाग्दैन
-
राप्रपाको प्रदर्शनअघि सुरक्षा प्रमुखले बोलाए सुरक्षा बैठक
-
नेपालको सर्वोच्च अदालत र भारतको सर्वोच्च अदालतबीच न्यायिक सहयोगको क्षेत्रमा समझदारीपत्रमा हस्ताक्षर
-
हेमन्त शिशिरको ‘बन्द कोठाको झ्याल’ सार्वजनिक, शेरचनलाई विश्वज्योति काव्य सम्मान
-
कोहली र पाटिदार चम्किँदा बेंगलुरुले मुम्बईलाई दियो २२२ रनको लक्ष्य
-
आश्रम निर्माणार्थ वृद्धाभत्तादेखि खुत्रुकेसम्म दान