उद्योग वाणिज्य महासंघको चुनाव–यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको चुनाव आउन अब जम्मा ८ दिन बाँकी छ । यस्तो अवस्थामा आज ५ बजेसम्म सबै उम्मेदवारले उम्मेदवारी दर्ता गराइसक्नुपर्ने छ । हालसम्म वरिष्ठ उपाध्यक्षका तीनै जना उम्मेदवारले उम्मेदवारी दर्ता गराइसकेका छन् ।
महासंघको निर्वाचन प्रक्रिया चैत ५ गतेदेखि नै अघि बढेको थियो । चैत ५ गते मतदान गर्न पाउने सदस्य संघ संस्थाहरुको नामावली प्रकाशन गरिएको थियो । यस्तै, चैत ६ गते मतादाताहरूको नामावली उपर दाबी विरोध सम्पन्न भइसकेको छ ।
यसैगरी, ८ गते मतदातामाथि परेको दाबी विरोधमाथि छानबिन गरेर संशोधित नामावली प्रकाशन भइसकेको छ । यसअनुसार, महासंका मतादाताहरूको नामावली प्रकाशन भइसकेको छ । यसपछि, आज साँझ ५ बजेसम्म महासंघका उम्मेरद्वाहरुको मनोनयन पत्र दर्ता गर्ने समय तोकिएको छ ।
यही २५ गते सक्कल कागजान प्राप्त भएपछि प्रमाणहरुको आधारमा उम्मेद्वारहरुको दोस्रो सूची प्रकाशन हुनेछ भने २६चैतमा उम्मेद्वाहरुको मनोनयन पत्रमाथि दाबी विरोध हुनेछ । चैत २७ गते उम्मेद्वारमाथि परेको दाबीविरोधपछिको अन्तिम उम्मेदवारको नामावली प्रकाशन हुनेछ ।
सोही दिन महासंघका मतदाताहरुको नामावली प्रकाशन हुनेछ भने मतादाताहरुमाथिको दाबी विरोध एवं छानबिन २८ गते दिउँसो २ बजेसम्मको समय छ । सोही दिन साँझ ५ बजे मतदाता गर्न पाउने सदस्य प्रतिनिधिको अन्तिम सूची प्रकाशन हुनेछ भने चैत २७ गते उम्मेदवारले मनोनयन फिर्ता लिने समय र सोही दिन ४ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने महासंघको सचिवालयले बताएको छ ।
निर्वाचनका लागि महासंघले अधिवक्ताहरुलाई जिम्मेवारी दिएर निर्वाचन समिति गठन गरिसकेको छ । महासंघको निर्वाचन समितिको प्रमुखमा लिलामणी पौडेल छन् । यसबाहेक २५ जना सदस्यीय स्वयंसेवक समेत नियुक्त हुनेछन् । जसले निर्वाचन सम्पन्न गराउन आ–आफ्नो भूमिका खेल्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महिलाले निरन्तर हाँक्दै सामुदायिक वन
-
ला लिगामा रियाल मड्रिड विजयी, बार्सिलोनासँग अंंक बराबर
-
प्रिमियर लिग : चेल्सी विजयी हुँदा आर्सनल र म्यान्चेस्टर युनाइटेडको पर्यो टक्कर
-
रातोपाटी ब्रिफिङ : पूर्वराजाको स्वागतमा समर्थकको लावालस्करदेखि कुलमानले बुझाए स्पष्टीकरणसम्म
-
विराट गोल्डकप : आर्मीलाई हराउँदै थ्रीस्टार फाइनलमा
-
जनप्रगतिशील मञ्च इजरायल : जोशीको संयोजकत्वमा आयोजक कमिटी गठन