उमेशलाल समूहले गरायो उम्मेदवारी दर्ता
मङ्गलबार, २१ चैत २०७९, १४ : १९
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षको तयारीमा रहेका ३ जनाले नै उम्मेदवारी दर्ता गराएका छन् । उमेशलाल श्रेष्ठ समूहले दर्ता गराएसँगै यही चैत २९ गते हुने महासंघको चुनावका तीन जनै आकाङ्क्षीले उम्मेदवारी दर्ता सम्पन्न भएको हो ।
महासंघमा उमेशलाल श्रेष्ठ, अन्जान श्रेष्ठ र रामचन्द्र संघई वरिष्ठ उपाध्यक्षको आकांक्षी थिए । संघईले १९ गते नै उम्मेदवारी दर्ता गराएका थिए भने अन्जान समूहले बिहान साढे ११ बजे उम्मेदवारी दर्ता गराएका थिए ।
यस्तै, साढे १ बजेतर्फ उमेशलाल श्रेष्ठले उम्मेदवारी दर्ता गराएसँगै तीन जना आकांक्षी नै उम्मेदवार बनेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेक्सिकोमा बस र ट्रक ठोक्किँदा आगलागी, ४१ जनाको मृत्यु
-
५० हजारको लफडाले साढे चार महिनादेखि अड्कियो झ्याप्लेखोला पहिरोको बीमा रकम
-
फिलिप्सको शतकसामु निरीह बन्यो पाकिस्तान
-
विभिन्न मुद्दामा फरार रहेका ११ प्रतिवादी पक्राउ
-
साइबर अपराध रोक्न विधेयक दर्ता भएको हो, अभिव्यक्ति स्वतन्त्रता रोक्न होइन : महासचिव पोखरेल
-
दिल्लीमा पराजयपछि अब कसरी अघि बढ्लान् अरविन्द केजरीवाल ?