मधेस प्रदेश सरकारबाट एमालेले आज दुई बजे राजीनामा दिँदै
काठमाडौँ । मधेस प्रदेशको सरकारबाट एमालेको मन्त्रीले आज दुई बजे राजीनामा दिँदैछन् । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले केन्द्रमा रहेको गठबन्धन अनुसार प्रदेशमा पनि सरकार बनाउने भएकाले सहजता बनाई दिन आग्रह गरेको हुनाले आफूहरू सरकारबाट राजीनामा दिन लागेको एमालेका प्रदेश सभा सदस्य एवं भौतिक मन्त्री सरोज यादवले बताए ।
यादवले भने -'एमाले पार्टीले पनि तपाईहरु जस्तो सहज हुन्छ त्यस्तो निर्णय लिनुस् पहिला नै भनि सकेको थियो, हामी छलफलमै थियौँ, त्यही बीचमा मुख्यमन्त्रीज्यूले पनि सहजता बनाई दिन आग्रह गर्नुभयो, हामीले सरकार छाड्ने निर्णयमा पुग्यौँ आज दुई बजे राजीनामा दिँदैछौं ।’
यसअघि एमालेसहितको गठबन्धनले केन्द्रसहित सबै प्रदेशमा सरकार बनाएको थियो । कांग्रेससँग गठबन्धन बनेपछि केन्द्रदेखि प्रदेश सरकारमा रहेका एमालेका मुख्यमन्त्री र मन्त्रीहरू धमाधम सरकार छाड्दै छन् ।
मधेस प्रदेशमा एमालेले सरकार छाडेपछि कांग्रेस, लोसपा र नेकपा एकीकृत समाजवादी पार्टी सहभागी हुने जनाइएको छ ।
जनमत पार्टी केन्द्रीय सरकारबाट फिर्ता भइसकेपछि मधेस प्रदेशमा के गर्ने त्यसको बारेमा अझै केही निर्णय लिएको छैन । उपनिर्वाचन पछि मधेस प्रदेशको सरकारमा रहने कि नरहने त्यसको बारेमा निर्णय लिने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत र अमेरिकाका विदेशमन्त्रीहरूको भेटवार्तामा के भयो कुराकानी ?
-
नर्भिकमा दुवै घुँडाको सफल ‘प्रतिस्थापन शल्यक्रिया’
-
टर्कीको रिसोर्टमा आगलागी, मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो
-
ट्रम्पको शपथ ग्रहण लगत्तै पुटिन र सीबिच भिडियो कल
-
लुम्बिनी प्रदेश सभा बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
तीनबुँदे सहमति गरेर कांग्रेसले खोल्यो पोखरा महानगरमा लगाएको ताला