मधेस प्रदेश सरकारबाट एमाले बाहिरिँदै
मङ्गलबार, २१ चैत २०७९, १२ : १४

जनकपुरधाम । मधेस प्रदेश सरकारबाट एमाले बाहिरिने भएको छ । प्रदेश सरकारमा रहेका एमालेका ४ मन्त्री र एक जना राज्यमन्त्रीले आज राजीनामा दिने भएका हुन् । उनीहरुले दिउँसो १ बजे मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाउन लागेको श्रोतले जनाएको छ ।
एमालेसँगको गठबन्धन भत्किए पनि सरकारबाट एमाले नबाहिरिँदा गठबन्धनभित्रका राजनीतिक दलहरूलाई अप्ठ्यारो हुन थालेपछि राजीनामा दिन लागेको एमालेका एक जना सांसदले बताएका छन् ।
राष्ट्रपतिको चुनावताका एमालेसँग गठबन्धन भत्किएपछि उपराष्ट्रपतिको चुनावपछि नै उनीहरू सरकारबाट बाहिरिने तयारीमा थियो । तर, एमाले बाहिरिएपछि प्रदेशको नेतृत्वमा काँग्रेसले दाबी गर्न थालेपछि मुख्यमन्त्री यादवकै आग्रहमा एमाले सरकारबाट बाहिरिएको थिएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालीनाली वन्यजन्तुको आहारा बन्न थालेपछि धान लगाउने खेतमा माछापालन
-
स्वास्थ्य स्वयंसेविकालाई साइकल उपहार
-
प्रतिनिधि सभा सदस्यको एक स्थान रिक्त भएको आधिकारिक जानकारी
-
धोनीले कप्तानी सम्हालेकै खेलमा चेन्नई ध्वस्त, कोलकातासँग ८ विकेटको हार
-
१२ बजे, १२ समाचार : दुर्गा प्रसाईं र बडिगार्ड दीपक खड्कालाई थुनामा राख्न १२ दिनको अनुमतिदेखि बिनासर्त तत्काल रिहा गर्न मागसम्म
-
बुटवलमा एमालेको जागरणसभा : के दियो सन्देश ?