आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

सुनको भाउ पुनः १ लाख ९ हजारको विन्दुमा

मङ्गलबार, २१ चैत २०७९, १० : ५५
मङ्गलबार, २१ चैत २०७९

काठमाडौँ । नेपाली बजारमा सुनको भाउ पुनः एक लाख ९ हजार रुपैयाँको विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन तोलामा एक हजार रुपैयाँले बढ्दै एक लाख ९ हजार रुपैयाँ पुगेको हो । 

अघिल्लो दिन छापावाला सुन प्रतितोला एक लाख ८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा एक हजार रुपैयाँले नै बढ्दै एक लाख ८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । 

यता चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्यमा १० रुपैयाँले बढ्दै प्रतितोला एक हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप