छोरी–बुहारीमा के फरक छ ? करिनाको प्रश्नमा सासू शर्मिला टेगोरले दिइन् यस्तो जवाफ
बलिउड अभिनेत्री करिना कपुर उत्कृष्ट आमा हुनुका साथै राम्री बुहारी पनि हुन् । उनको आफ्नी सासू शर्मिला टेगोरसँग निकै राम्रो सम्बन्ध छ । करिना आफ्नी सासूको निकै तारिफ गर्छिन् । यस्तै, शर्मिलाको पनि बुहारीसँग ‘कूल’ सम्बन्ध छ । यी दुईबीचको विशेष सम्बन्ध नायिकाको रेडियो शो ‘ह्वाट वुमन वान्ट’ मा देखिएको थियो ।
छोरी–बुहारीमा के फरक छ ?
शर्मिला आफ्नी बुहारी करिनाको शोमा पाहुना बनेर उपस्थित भएकी थिइन् । यहाँ उनलाई थुप्रै रमाइलो प्रश्न सोधिएको थियो । यसलाई दिग्गज अभिनेत्रीले शानदार तरिकाले जवाफ दिएकी छिन् । उनले भनेकी थिइन्, ‘छोरी ती हुन् जोसँग तपाईं हुर्किनुहुन्छ । त्यसैले तपाईंलाई उनको स्वभावबारे राम्रोसँग थाहा हुन्छ । उनलाई के कुरामा रिस उठ्छ भन्ने कुरा तपाईंलाई थाहा हुन्छ । यस्तो अवस्थामा कसरी व्यवहार गर्ने भन्ने पनि तपाईंले बुझ्नुभएको हुन्छ । तर बुहारीलाई उनी वयस्क भइसकेपछि मात्रै भेट्नुहुन्छ ।’
‘तपाईंलाई उनको स्वभावबारे थाहा हुँदैन । त्यसैले उनीसँग घुलमिल हुन थोरै समय लाग्नेछ । एक नयाँ महिला, तपाईंकी बुहारी, तपाईंको घरमा आउँछिन् । उनलाई तपाईंले राम्रोसँग स्वागत गर्नुपर्छ । उनलाई सहज महसुस गराउनुपर्छ । यदि उनलाई विशेष तरिकाको खाना मनपर्छ भने त्यसबारे विशेष ख्याल राख्नुपर्छ ।’
शर्मिलाको जवाफको चौतर्फी तारिफ
शर्मिलाले थपेकी थिइन्, ‘नयाँ सम्बन्धमा धेरै दखल पनि दिनु हुँदैन । आमाले आफ्ना छोरा–बुहारीलाई स्पेस दिनुपर्छ । उनीहरुको सम्बन्ध अघि बढाउन स्पेस दिनुपर्छ । सासूले छोरा–बुहारीको सम्बन्धमा हावी हुने कोसिस गर्नुहुँदैन । ’
शर्मिलाको यो जवाफको प्रयोगकर्ताले तारिफ गरेका थिए ।
करिना र सैफ धेरैजसो पारिवारिक जमघटको आयोजना गरिरहन्छन् । जहाँ पूरा परिवार सँगै बसेर रमाइलो गर्ने गर्छन् । शर्मिला र करिनाको भेट हुँदा उनीहरू बीचको प्रेम स्पष्ट देख्न सकिन्छ । शर्मिलाको खुला विचार र जीवन प्रति उनको दृष्टिकोणको करिनाले थुप्रै पटक तारिफ गरिसकेकी छिन् । सासू बुहारी एक अर्काको निकै नजिक छन् ।
शर्मिला टेगोरको कामको कुरा गर्नुपर्दा उनलाई पछिल्लो पटक फिल्म गुलमोहरमा देखिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रविबारेको आदेशमा बाबुरामको टिप्पणी : अदालतको विवेकपूर्ण निर्णय
-
संविधान संशोधनमा ओलीको ‘मिसन–०८७’ : सत्तामा सङ्कट आएको विपक्षी दलहरूको विश्लेषण
-
प्रेस सेन्टर ललितपुरको अध्यक्षमा अर्याल चयन
-
रवि लामिछाने आज काठमाडौँ जिल्ला अदालतमा उपस्थित हुने
-
अमेरिकामा कार दुर्घटना, दुई नेपालीको मृत्यु
-
प्रेस सेन्टर रुपन्देहीको अध्यक्षमा पोखरेल चयन