आपराधिक मुद्दामा सुनुवाइ अघि डोनाल्ड ट्रम्प न्युयोर्क आइपुगे, सामाजिक सञ्जालमा लेखे ‘विच हन्ट’
अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प न्युयोर्कस्थित ट्रम्प टावर पुगेका छन् । उनी विरुद्धको फौजदारी मुद्दाको मङ्गलवार सुनुवाइ हुनुअघि उनले सोमबार राती यहाँ बिताउनेछन् ।
मङ्गलवार न्युयोर्कको ग्रान्ड ज्युरीले ट्रम्पले पोर्न स्टार स्टर्मी डेनियललाई मुख बन्द गराउन दिएको पैसाका मामिलामा सुनुवाइ गर्नेछ ।
उनी विरुद्धको अभियोग अझै सिलबन्दी छ । ट्रम्प विरुद्धको आरोप अदालती प्रक्रियाको क्रममा मङ्गलवार दिउँसो २.१५ बजे (भारतीय समय अनुसार राती १२ बजे) औपचारिक रूपमा सार्वजनिक गरिनेछ ।
७६ वर्षीय ट्रम्प अमेरिकी इतिहासमा आपराधिक मुद्दाको सामना गर्ने पहिलो पूर्व राष्ट्रपति हुन् । तर, उनले यो आरोप अस्वीकार गर्दै आएका छन् ।
फ्लोरिडाबाट न्युयोर्कको यात्रा गर्नु अघि, रिपब्लिकन नेताले आफ्नो सोसल मिडिया प्लेटफर्म ट्रुथ सोसलमा लेखे – ‘विच–हन्ट’ ।
मिडिया रिपोर्टका अनुसार यो मामला व्यापार ठगीसँग सम्बन्धित छ । आरोपका अनुसार २०१६ मा पोर्न स्टार स्टर्मी डेनियललाई ट्रम्पले ट्रम्पसँगको आफ्नो कथित अफेयरको बारेमा मुख बन्द राख्न १३०,००० डलर दिएका थिए । यस मामिलामा, ट्रम्प विरुद्ध ३० वटा आरोप लगाइनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेस्टरलाई हराउँदै तेस्रो स्थानमा उक्लियो चेल्सी
-
प्रिमियर लिग : म्यान्चेस्टर सिटी ४-० ले पराजित, पेप ग्वार्डिवलालाई झट्का
-
इजरायली आक्रमणमा १०० बढी प्यालेस्टाइनी मारिए
-
आँधीमूलको कृत्रिम तालमा डुङ्गा शयर
-
मुग्लिङ-नारायणगढ सडकको पाँचकिलो नजिकै माईक्रो बस दुर्घटना
-
१२ बजे, १२ समाचार : डेंगु सङ्क्रमणदर घटे पनि जोखिम कायमैदेखि विवाह गर्ने उमेर घटाउनु पर्ने मागसम्म