शेयरबजारप्रति अर्थमन्त्रीको चासो
मङ्गलबार, २१ चैत २०७९, ०६ : ११
पछिल्लो समय शेयरबजार निरन्तर घटिरहेको छ । छोटो समयमै २२७७ सम्म पुगेको धितोपत्र बजारको सूचक नेप्से फेरि १८ सयको लाइनमा आएको छ । सोमवार बजार बन्द हुँदा नेप्से १ हजार ८७१ दशमलव ८८ विन्दुमा छ ।
यही बेला नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतले शेयरबजारप्रति चासो देखाएका छन् । सोमवार उनले लगानीकर्ता बोलाएर शेयरबजारबारे छलफल गरे । छलफलमा नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको पूँजीबजार फोरमका सभापति अम्बिकाप्रसाद
पौडेलले शेयरबजारको वर्तमान अवस्था अर्थमन्त्रीलाई जानकारी गराए । अर्थमन्त्रीले सबै निकायसँग समन्वय गरी अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युवकलाई बन्धक बनाएर कुटपिट गर्ने ३ जना पक्राउ
-
अफवाह फैलाउने १० युट्युब च्यानल कारबाहीमा
-
रेखा भन्छिन्– सन्तान जन्माएपछि महिला झन् जवान हुन्छन्
-
टिजरमा यस्तो देखियो सौगातको ‘बम बहादुर’
-
लक्ष्मण र सुनिताले ल्याए ‘बिहे गरियो’
-
सरकार ढाल्ने स्वार्थ समूहले नै धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गरे : वर्षमान पुन