शंखरापुर नगरपालिकामा खुला व्यायामशालाको उद्घाटन, प्रत्येक वडामा विस्तार गरिने
![शंखरापुर नगरपालिकामा खुला व्यायामशालाको उद्घाटन, प्रत्येक वडामा विस्तार गरिने](https://npcdn.ratopati.com/media/news/shankharapur_ldXeVAbEBW.jpg)
काठमाडौँ । काठमाडौँको शंखरापुर नगरपालिकामा खुला व्यायामशालाको सुरुवात भएको छ । सोमबार साँखु बजारमा रहेको वडा नम्बर ६ को इपाटोलमा स्थापित खुला व्यायामशालाको नगरप्रमुख रमेश नापितले उद्घाटन गरेका हुन् ।
उद्घाटनका क्रममा उनले नगरपालिकाका अन्य वडाहरुमा क्रमशः खुला व्यायामशाला स्थापना गर्दै जाने प्रतिबद्धता जनाए । उनले नगरवासीलाई शिक्षा, स्वास्थ्य लगायतका विभिन्न पक्षमा विकासका कामलाई क्रमशः अगाडि बढाउँदै लैजाने उल्लेख गरे ।
शंखरापुरका वडा नम्बर ५, ६, ७ र ८ लाई पायक पर्नेगरी इपाटोलमा व्यायाम गर्नका लागि फिटनेश पार्क बनाइएको वडा नम्बर ६ का अध्यक्ष एवं नगर प्रवक्ता राधाकृष्ण श्रेष्ठले जानकारी दिए ।
सो फिटनेश पार्कका बिहानको समयमा व्यायाम गर्न चाहने स्थानीयवासी, युवा तथा बालबालिका लाभान्वित हुने उनको भनाई छ ।
नगरपालिकाको ९ लाख ९० हजार रुपैयाँको बजेटमा सो फिटनेश पार्क स्थापना गरिएको हो । पार्कमा ११ प्रकारका शारीरिक कसरत गर्ने सामग्रीहरू राखिएका छन् । सो पार्कमा अरू सामानहरु पनि थप्ने योजना रहेको प्रवक्ता श्रेष्ठले बताए ।
बालबालिकालाई मोबाइलबाट मुक्त गर्न, युवा पुस्ताहरुलाई व्यस्त राख्नका लागि सो खुला व्यायामशाला उपयोगी हुने उनको भनाई छ ।
वडा नम्बर ६ को टोल सुधार समिति, युवा तथा खेलकुद समिति लगायतले सो व्यायामशाला स्थापना गर्न सक्रियता जनाएका थिए ।
नगरपालिकाले क्रमशः अन्य वडाहरुमा पनि क्रमशः खुला व्यायामशाला स्थापना गर्दै जाने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वार्षिक १० हजारलाई रोजगारी दिने कार्यक्रमको कानुन निर्माण प्रक्रिया अघि बढाउने सहमतिसँगै हट्यो संसद्को गतिरोध
-
घरेलु मैदानमा जितविहीन बन्दै टुंगियो नेपाली टोलीको यात्रा, थाइल्यान्डसँग ७ विकेटले पराजित
-
अलपत्र शीतभण्डार सञ्चालनमा ल्याउन निर्देशन
-
९ महिना युक्रेनीको कब्जामा रहेका २ नेपाली स्वदेश फिर्ता (तस्बिरहरू)
-
२ करोड ७९ लाख धरौटी बुझाइसकेका रवि लामिछानेसँग कति छ सम्पत्ति ?
-
अमेरिकाद्वारा भेनेजुएलाका राष्ट्रपति मदुरोको दोस्रो विमान पनि जफत