बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय

ए डिभिजन लिग : संकटाले कठिन जित निकाल्दा एपिएफले पुलिसलाई हरायो

सोमबार, २० चैत २०७९, १८ : ०१
सोमबार, २० चैत २०७९

काठमाडौँ । सोमबारबारट सुचारु भएको सहिद स्मारक ए डिभिजन लिगमा संकटा क्लबले एफसी खुमलटार युथ क्लबमाथि १–० को संघर्षपूर्ण जित निकाल्दा अर्को खेलमा एपिएफले नेपाल पुलिसलाई २–० गोल अन्तरले पराजित गरेको छ । 

सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा सम्पन्न खेलमा सकंटाले २७ औं मिनेटमा निकालेको अग्रता नै तीन अंक बटुल्नका लागि पर्याप्त भएको हो । संकटाका लागि जुनियर ओन्गुनेले गरेको गोल नै निर्णायक भएको हो । 

पहिलो हाफमा भन्दा दोस्रो हाफमा सम्हालिएको प्रदर्शन गरेको खुमलटारले गोलका लागि केही अवसर सिर्जना गरेपनि गोल फर्काउन सकेन । यस्तै संकटाले पाएका केही अवसरलाई पनि सदुपयोग गर्न असफल रह्यो । यसअघि १४ औं मिनेटमा  खुमलटारका मोसौके ओलोमोउको प्रहार बाहिरिएको थियो । १७ औं मिनेटमा राजिव लोप्चको प्रहार बाहिरिँदा खुमलटार अग्रता लिनबाट चुक्यो । २४ औं मिनेटमा नेल्सनको कर्नरमा जुनियरको हेडर पोलमा लागेर बाहिरिँदा संकटाले अग्रता लिने अवसर गुमाएको थियो ।

अब संकटाले चैत २६ गते मछिन्द्र फुटबल क्लब तथा खुमलटारले चैत २४ गते जावलाखेल युथ क्लबको सामना गर्नेछ । यसैगरी च्यासल मैदानमा  सम्पन्न  विभागीय डर्बी भिडन्तमा नेपाल एपिएफ फुटबल क्लबले नेपाल पुलिस क्लबमाथि २–० को जित निकाल्यो । एपिएफलाई जित दिलाउन एडमा डोम्बिया र  सविन  गुरुङले  समान एक गोल गरे ।

खेलको ५७ औं मिनेटमा डोम्बियाले एपिएफलाई अग्रता दिलाएका थिए । इन्जुरी समयमा सविनले गोल गर्दै टोलीलाई २–० को जित दिलाए । यस जितसँगै ६ खेलमा १० अंक जोडेको  एपिएफ पाँचौं स्थानमा उक्लिएको छ । पराजय व्यहोरेको पुलिस समान खेलबाट एक अंकका सथ पुछारमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप