गहिरिँदै गएको लगानी जोखिमप्रति बैंकर्स संघको चिन्ता

काठमाडौँ । नेपाल बैंकर्स संघका पदाधिकारी एवम् वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुले बढ्दै गएको लगानी जोखिमप्रति चिन्ता व्यक्त गरेका छन् । सोमबार राजधानीमा अर्थमन्त्री डा.प्रकाशशरण महतसँग भेट वार्ता गर्दै सीईओहरुले बढ्दो लगानी जोखिम र तरलता अभावले बैंकिङ क्षेत्र कठिन अवस्थाबाट गुज्रिरहेको बताए ।
पछिल्लो समय वित्तीय क्षेत्रको बारेमा बढ्दै गएको नकारात्मक धारणाकाबीच घट्दै गइरहेको प्रतिफल, बढ्दो खराब कर्जा, तरलता अभाव लगायतले अप्ठेरो स्थिति सिर्जना भएको बताउँदै अध्यक्ष सुनिल केसीले यसका बाबजुद पनि बैंकिङ्ग क्षेत्र वित्तीय स्थायित्व तथा आर्थिक विकासका लागि सरकारलाई सहयोग गर्न सदैव तत्पर रहेको प्रतिबद्धता व्यक्त गरे । साथै बैंकिङ क्षेत्रलाई थप सुदृढ र प्रभावकारी बनाउन सरकारको तर्फबाट सदाभैm पूर्ण सहयोगको अपेक्षा रहेको समेत उनले बताए ।
छलफलमा अर्थमन्त्री डा.महतले पछिल्लो समय उच्च ब्याजदरका कारण उद्योग, व्यवसायीले काम गर्न नसकेको गुनासो बढेको बताउँदै ब्याजदर घटाउन सकिने ठाउँ भए बिचार गर्न बैकर्सहरुलाई आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूकम्पपछि आत्तिएर भाग्दा सिन्धुपाल्चोकमा एक कैदी घाइते, जिल्ला अस्पतालमा उपचार हुँदै
-
भूकम्पपछि सिन्धुपाल्चोकका सिडिओ भन्छन्-हामी तयारी अवस्थामा छौँ
-
सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प
-
भूकम्पको धक्का महसुस
-
सहकारी ठगि : एमालेबाट जिसस प्रमुख निर्वाचित थापासहित २५ जनाविरुद्ध एक अर्ब १३ करोड विगोसहित मुद्दा दायर
-
ट्याङ्की निर्माण भएको पाँच वर्ष, प्रयोग नहुँदै जीर्ण