आईपीएल : कोलाकाता भर्सेस पञ्जाबको खेलबाट बदलियो भाग्य, ड्राइभर बने करोडपति
वडवानी । भारतमा एउटा उखान छ – ‘देने वाला जब भी देता, देता छप्पड फाड के’ । यो उखान मध्य प्रदेशको बडवानी जिल्लामा बस्ने एक युवकका लागि सत्य साबित भएको छ ।
पेसाले ड्राइभर र भाडाको घरमा बस्ने युवकको अनलाइन गेमिङले भाग्य रातारात कसरी चम्कियो भने उनी करोडपति बनेका छन् । सेंधवाको घोडेशाहका बासिन्दा शाहबुद्दीन मन्सुरी करिब दुई वर्षअघिदेखि अनलाइन गेमिङमा आफ्नो भाग्य जाँचिरहेका थिए ।
आइतबार आईपीएलको कोलकाता र पञ्जाबबीचको खेलमा शहाबुद्दीनले ४९ रुपैयाँको प्रवेश शुल्क भएको क्याटागोरीमा टीम बनाएर पहिलो स्थान हासिल गरे । यसबापत उनले डेढ करोड भारतीय रुपैयाँ बराबरको पुरस्कार राशि हात पारे । एकैपटक यत्रो पैसा जितेपछि अहिले उनको परिवारमा खुसीको सीमा नै छैन ।
शहाबुद्दीनले डेढ करोड रुपैयाँमध्ये २० लाख रुपैयाँ निकालेका छन् । यसमध्ये ६ लाख रुपैयाँ करका रूपमा काटिनेछ र उनले १४ लाख रुपैयाँ खातामा आउनेछ । यो रकमले उनी घर बनाउन चाहन्छन् भने बाँकी रकमले केही व्यवसाय गर्न ।–आजतकबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमन्त्रीको संलग्नतामा मानव तस्करी प्रकरण : प्रहरीले बुझायो अनुसन्धान प्रतिवेदन
-
काठमाडौँ महानगरले १६ दिने लैङ्गिक हिंसाविरुद्धको अभियान सञ्चालन नगर्ने
-
मधेसमा जनमत नेतृत्वको सरकारलाई ‘रिप्लेस’ गर्न चाहन्छ कांग्रेस
-
कीर्तिपुरमा पुरुषको शव फेला, घटनास्थलमा किटनाशक औषधीको बट्टा पनि भेटियो
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले सेवा विस्तार गर्ने
-
कोरिया पठाउँछु भनेर ९ लाख ठगेको आरोपमा एक जना पक्राउ