उम्मेदवारी दिँदै पौडेलले भने– एमालेलाई राष्ट्रिय शक्ति बनाउने मुख्य एजेण्डा
सोमबार, २० चैत २०७९, १४ : ४५

बारा । बारा २ मा एमालेका तर्फबाट उम्मेदवारी दिएका पुरुषोत्तम पौडेलले एमालेलाई मुलुकको राष्ट्रिय शक्ति बनाउने मुख्य एजेण्डा रहेको बताएका छन् ।
सोमबार उम्मेदवारी दर्तापछि सञ्चारकर्मीले सोधेको प्रश्नमा पौडेलले भने,‘ नेकपा एमालेलाई राष्ट्रिय शक्तिका रुपमा स्थापित गर्ने मुख्य एजेण्डा हो ।’
अहिलेको उपनिर्वाचन भविष्यको रेखा रहेको भन्दै उनले २०४८ र ५६ मा पनि एमालेले जितेको बारा २ मा अहिले पनि जित्ने आधार खडा भएको बताए ।
उनले सत्ता गठबन्धन नेताहरुबीच भएपनि जनताले गठबन्धन नगरेको भन्दै एमाले देशको स्थायित्व र विकासको पक्षमा रहेकाले सबै मतदाता एमालेकै पक्षमा रहेको दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घट्दो कोदो खेतीको अवस्थामा रक्सी ब्रान्डिङ कत्तिको सम्भव ?
-
अर्घाखाँचीमा जिप दुर्घटना : २ जनाको मृत्यु, २ जना घाइते
-
शिक्षकहरूले आज सिट्ठी फुकेर प्रदर्शन गर्दै
-
अफगानिस्तानबाट पाँच लाख अमेरिकी हतियार ‘गायब’, अल कायदाको हातमा परेको आशंका
-
राष्ट्रपतिद्वारा सेतो मच्छेन्द्रनाथको दर्शन
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य