जिडब्लुएम नेपालद्वारा अफर सार्वजनिक, गाडी किन्दा आकर्षक छुट

काठमाडौँ । ग्रेटवाल मोटर (जिडब्लुएम) गाडीकोे नेपालका लागि आधिकारिक विक्रेता भिजी इम्पेक्सले नयाँ वर्षको अवसरमा ‘हर्षमय नव वर्ष २०८०’ अफर ल्याएको छ ।
यो अफर १५ दिनसम्म जारी रहने छ भने यो अवधिमा खरिद गरिएका जि.डब्लु.एम का सबै मोडलका गाडीहरुको खरीदमा रु.५ लाख बराबरको फाइदा उपलब्ध हुनेछ । जसमा आकर्षक नगद छुट, स्पेशल सेलिवे्रशन डिस्काउन्ट र अन्य आकर्षक अफरहरु रहने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
जिडब्लुएम ग्लोबल इन्टेलिजेन्ट टेक्नोलोजी कम्पनी हो, जसको विश्वबजारमा ८० सब्सिडायरी र अफिलिएटस्हरु रहेका छन् । साथै, यस कम्पनीको कर्मचारी संख्या ७०,००० भन्दा धेरै रहेको छ । विगत ६ वर्षदेखि यस कम्पनीले हरेक वर्ष १० लाख भन्दा धेरै गाडीहरु बिक्री गरिरहेको छ । चीन बाहेक जिडब्लुएमले आफ्ना उत्कृष्ट गाडीहरु ६० भन्दा धेरै राष्ट्रहरुमा ७०० भन्दा धेरै केन्द्रबाट सफलतापूर्वक बिक्री गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ला लिगामा सेभिया र मलोर्काले अंक बाँडे
-
ठेक्का अवधि सकियो तर सडक कालोपत्र भएन
-
सरकारी घोषणाको ७ वर्षपछि प्रदेशमै निःशुल्क डायलासिस सेवा, विरामीलाई बल्ल राहत
-
झापा गोल्डकप : भुटानको डागा युनाइटेड सेमिफाइनलमा
-
एकै पल्ट २३ सय ८५ जना प्रहरी सहायक हवल्दारको सरुवा
-
रातोपाटी ब्रिफिङ : राजसंस्थाको नारा बोकेर राप्रपा सडकमादेखि नो केबलकार समूह’लाई सरकारले बोलायो वार्तामासम्म