आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

१० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक

सोमबार, २० चैत २०७९, ११ : ३३
सोमबार, २० चैत २०७९

काठमाडौँ । नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । ६ वर्षे अबधि भएको विकास ऋणपत्र २०८५ मंगलबार बिक्री हुने भएको हो ।  केन्द्रीय बैंकले एक सूचना जारी गर्दै बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्ती संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकलाई ऋणपत्र खरिदका लागि आह्वान गरेको छ । 

प्रतिस्पर्धा र विनाप्रतिस्पर्धा दुबै प्रणालीबाट बिक्री हुने ऋणत्रपका लागि इच्छुक खरिदकर्ताहरूले सोमबार दिउसो ३ बजेसम्म आवेदन दिन सक्नेछन् । ऋणपत्रको बिक्री भने बुधबार अर्थात् चैत २२ गते हुनेछ । 

सूचना अनुसार कूल रकमको ८५ प्रतिशत अर्थात् ८ अर्ब ५० करोड रुपैयाँ प्रतिस्पर्धामा र १५ प्रतिशत अर्थात् १ अर्ब ५० करोड रुपैयाँ विनाप्रतिस्र्धामा बिक्री हुनेछ । 

बोलवालाले कबोल गरेको ब्याजदरलाई सानोदेखि ठूलो क्रममा मिलाएर राखी बाँडफाँड गरिने रकमसम्ममा कायम भएको कटअफ ब्याजदरलाई एकल ब्याजदर कायम गरी सो ब्याजदर र सो ब्याजदरभन्दा तलका सबै बोलवालाहरुलाई सोही एकल ब्याजदरमा ऋणपत्र उपलब्ध गराईने बैंकले जनाएको छ । खरिदकर्ताहरूले घटीमा ५० हजार रुपैयाँदेखि बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष माग जाने अंकसम्मका लागि आवेदन दिन सक्नेछन् । 

ऋणपत्रको ब्याजदर भने भने लगानीकर्ता ६/६ महिनामा भुक्तानी हुने बैंकले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप