उपनिर्वाचन
एकीकृत समाजवादीले पनि उपनिर्वाचनमा उम्मेदवार नउठाउने
सोमबार, २० चैत २०७९, ११ : २९

काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीले पनि उपनिर्वाचनमा पार्टीको उम्मेदवार नउठाउने भएको छ । उक्त पार्टीले तनहुँ १ र चितवन २ मा कांग्रेसका उम्मेदवारलाई सघाउने भएको छ भने बारामा जसपा उम्मेदवारलाई सघाउने भएको हो ।
सत्ता साझेदार दलका उम्मेदवारलाई सहयोग गर्नुपर्ने भएकाले पार्टीको उम्मेदवार नउठाएको एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । समाजवादीले तनहुँ १ मा कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई र चितवन २ मा कांग्रेसका जितनारायण श्रेष्ठलाई सहयोग गर्ने भएको छ । तनहुँ १ मा सो पार्टीको समानुपातिक
मत ९५० र चितवन २ मा समानुपातिक मत ६१६ मात्रै छ । यस्तै बारा २ मा समाजवादीले जसपा अध्यक्ष उपेन्द्र यादवलाई सहयोग गर्ने भएको छ । यस क्षेत्रमा समाजवादीको समानुपातिक मत १ हजार ९९६ मत रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्सामा इँटा भट्टाले खनेको खाल्डोमा डुबेर दुई बालिकाको मृत्यु
-
उपचार गर्न रिहा भएका धवलशमशेर राजावादी आन्दोलनमा सहभागी, तस्बिरहरू
-
सुशान्त केसीको ‘बार्दली’ को हिन्दी भर्जन बजारमा
-
सङ्खुवासभामा चट्याङ लागेर १७ वटा भैँसी मरे
-
‘पाँचौँ नेपाल म्युजिक एन्ड फेशन अवार्ड’ को मनोनयन सूची सार्वजनिक
-
बिट मार्ने तयारीमा युरोपका पाँच चर्चित लिग