‘प्रसाद २’ का निर्माता थापाले भने– ‘नियत खराब हैन, नियतिले बचन पुरा गर्न सकिन’
काठमाडौंँ । ‘प्रसाद २’ का निर्माता सुवास थापाले आफ्नो फिल्म रिलिजका लागि वातावरण मिलाउन सबैमा अनुरोध गरेका छन् । उनले सामाजिक सञ्जालमा एकपोष्ट गर्दै फिल्म समयमा रिलिज हुन नसक्दा आफुले तिर्नुपर्ने रकम समयमा तिर्न नसकेको समेत बताएका हुन् । ‘मैले माघ मै फिल्म रिलिज गर्ने तयारीको कारण मैले तिर्नुपर्ने रकम माघ पछिको भाखामा तिर्ने बचनबद्धता प्रकट गरे । तर समयमा रिलिज फिल्म हुन नसक्दा मेरो बचनबद्धतामा म चुके’ उनले भने– ‘अब रिलिजको सम्पूर्ण तयारीमा रहेको हुँदा फिल्म प्रदर्शनमा सहयोगको लागि सबैमा आग्रह गर्दछु ।’ उनले आफ्नो नियत खराब नरहेको र नियतिको कारण बचन पुरा गर्न नसकेको समेत उल्लेख गरेका छन् ।
निर्माता थापाविरुद्ध केही अगाडि बैंकिङ कसुरको जाहेरी दर्ता भएको थियो । निर्माता केशव पाण्डेले उनी विरुद्ध ६२ लाख ५० हजार रुपैयाँको चेक बाउन्स र ठगी आरोपमा जिल्ला प्रहरी परिसर, काठमाडौंमा उजुरी दर्ता गराएका थिए । पाण्डे उक्त फिल्मका पूर्वनिर्माता समेत हुन् । फिल्म निर्माण गर्ने र मुनाफाबाट आएको रकम बाँड्ने भनेर आफूलाई प्रलोभनमा पारी थापाले एक वर्षअघि उक्त रकम लगेको तर पटक पटक ताकेता गर्दा पनि रकम फिर्ता नगरेकाले जाहेरीमा उल्लेख छ ।
यस्तो छ सुवास थापाको पोष्ट
नमस्कार
म सुवास थापा चलचित्र ‘प्रसाद’ र ‘प्रसाद २’ का निर्माता । मेरो चलचित्र ‘प्रसाद २’ रिलिजको पूर्वसन्ध्यामा छ । तर चलचित्र निर्माणको सम्बन्धमा केही बाधा आइरहेको छ । जुन मेरो चलचित्र बनाउने हुटहुटी र मैले चलचित्र निर्माणमा जानी नजानी गरेको गल्तीको कारण उत्पन्न भएको हो । ‘प्रसाद २’ निर्माणको क्रममै पनि पटकपटक विभिन्न अवरोधहरु आए । तथापि सम्पूर्ण अवरोध छिचोल्दै ‘प्रसाद २’ निर्माण सम्पन्न गरि रिलिजको अवस्थामा पुग्यो । मैले माघ मै चलचित्र रिलिज गर्ने तयारीको कारण मैले तिर्नुपर्ने रकम माघ पछिको भाखामा तिर्ने बचनबद्धता प्रकट गरे । तर समयमा रिलिज हुन नसक्दा मेरो बचनबद्धतामा म चुके । तथापि अब रिलिजको सम्पूर्ण तयारीमा रहेको हुदा चलचित्र प्रदर्शनमा सहयोगको लागि सबैमा आग्रह गर्दछु । मेरो नियत खराब हैन नियतिको कारण मैले बचन पुरा गर्न नसकेको हो ।
चलचित्र रिलिज पछि सबै रकम पहिला तिर्नु पर्नेलाई तिरी मात्र म आफ्नो भागको रकम लिनेछु । हलबाट आउने रकम सबै चलचित्र सँग सम्बन्धित कुनै संस्थामा रहने र सबैको हिसाब त्यहीबाट तिर्नुपर्ने लाई दिई बाँकी रहेको रकम मलाई बुझाउने गरी गरेमा मेरो मन्जुरी छ । यो चलचित्रमा धेरैको मेहनत छ । तसर्थ सबै मिलेर चलचित्र रिलिज हुने बाताबरण बनाई सबैको रकम चलचित्र प्रदर्शन पछि प्राप्त हुने गरि गरिदिन हुन सबै सरोकारवाला संघसंस्था, ब्यक्तिमा आग्रह गर्दछु । नतिर्ने मेरो नियत हैन, नियतिले यो अवस्था आयो । सहयोगको आग्रह सहित धन्यवाद ज्ञापन गर्न चाहान्छु ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना, तराईमा हुस्सु
-
अमेरिकी डलर, युरो, पाउण्ड, अष्ट्रेलियन डलरको भाउ बढ्यो, कसको कति ?
-
च्याम्पियन्स लिग : इन्टरको शीर्षता कायमै, बार्सिलोनाले उछिन्न सक्ने
-
च्याम्पियन्स लिगमा आर्सनलको अघिल्लो यात्रा सहज
-
फेयेनुर्डले अंक खोस्दा पेप ग्वार्डिवलाको म्यान्सिटीलाई कष्ट