बाबुरामको उपेन्द्र यादव लक्षित ट्वीटः उपनिर्वाचन सत्तामा पुर्याउने भर्याङ नबनाऔँ

काठमाडौँ। नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव लक्षित ट्वीट गर्दै उनलाई रोक्नुपर्ने बताएका छन् ।
उपनिर्वाचनका लागि मनोनयन प्रक्रिया सुरु हुनु केही समय अघि ट्वीट गर्दै उनले बारा–२ मा हुने उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गराउन खोजेका यादवलाई रोक्नु पर्ने आशय व्यक्त गरेका हुन् । यद्यपि उनले यादवको नाम भने उल्लेख गरेका छैनन् ।
‘चुनाव केही वर्ष महिनामा अमुक पार्टी र नेतालाई सत्तामा पुर्याउने र राज्य दोहनको लाइसेन्स दिने कर्मकाण्ड हैन, यो जनताद्वारा जनताको निम्ति जनताको सार्वभौमसत्ताको अभ्यास गर्ने पवित्र विधि र अवसर हो’, भट्टराईले भनेका छन्, ‘हाम्रो लोकतन्त्रमा चुनाव उपचुनाव केही नेतालाई जसरी पनि सत्तामा पुर्याउने भर्याङ बन्दै छ, रोकौँ।’
उपेन्द्र यादव नेतृत्वको तत्कालीन सङ्घीय समाजवादी पार्टी नेपाल र तत्कालीन नयाँ शक्ति पार्टीका अध्यक्ष बाबुराम भट्टराई बिच एकीकरण गरी मित्रता अघि बढेको थियो । तर, एकीकरणको प्रक्रिया अघि बढ्दै जाँदा जनता समाजवादी पार्टी नेपाल भएपछि आन्तरिक विवादका कारण यादवसँग भट्टराई अलग्गिनु परेको थियो । गत मङ्सिर ४ को निर्वाचनमा यादव पराजय भए पछि हाल उनी बारा–२ वाट उपनिर्वाचनमार्फत सङ्घीय संसदमा आउन खोज्दै छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूकम्प स्मृति दिवसका दिन धरहराबाट काठमाडौँ नियाल्दा जे देखियो, तस्बिरहरू
-
अराजकता चाहने शक्तिहरूले समाजलाई अस्थिर बनाउन खोजिरहेका छन् : एमाले
-
एक हप्ताभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध
-
राष्ट्रियसभा बैठक : सांसद दीपक बोहराको निधनप्रति शोक प्रस्ताव पारित
-
धरहरामा भूकम्प स्मृति सभा (तस्बिरहरु)
-
तस्बिरमा हेर्नुहोस् संघीय संसद्को बजेट अधिवेशन