सरकार पुनर्गठनपछि पहिलो पटक मन्त्रिपरिषद् बैठक बस्दै
काठमाडौं । सरकार पुनर्गठनपछि पहिलो पटक आज मन्त्रिपरिषद बैठक बस्दैछ । प्रधानमन्त्रीको सचिवालयका अनुसार आज अपरान्ह ४ बजे मन्त्रिपरिषद बैठक बस्न लागेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चैत १७ गते कांग्रेसबाट ४, एकीकृत समाजवाबाट २, माओवादी, लोसपा, जसपा, नागरिक उन्मुक्ति र नेसपाबाट १ १ जना मन्त्री थपेका थिए ।
कांग्रेसबाट उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, अर्थमन्त्री प्रकाशशरण महत, उद्योगमन्त्री रमेश रिजाल र सहरी विकासमन्त्री सीता गुरुङ बनेको छन् । यस्तै एकीकृत समाजवादीबाट वेदुराम भुसाल कृषि र प्रकाश ज्वाला भौतिक मन्त्री बनेका छन् । जसपाबाट अशोक राई, शिक्षा, लोसपाबाट शरदसिंह भण्डारी श्रम, नेसपाबाट महिन्द्रराय यादव महिला तथा बालबालिका र नाउपाबाट रञ्जिता श्रेष्ठ भूमिसुधार मन्त्री भएका छन् ।
माओवादीबाट नारायणकाजी श्रेष्ठ उपप्रधान तथा गृह, शक्ति बस्नेत उर्जा, रेखा शर्मा सञ्चार, सुदन किराती पर्यटन, अमनलाल मोदी, संघीय मामिलामन्त्रीको जिम्मेवारीमा छन् । माओवादीकै सुशीला श्रीपाली पर्यटन राज्यमन्त्री छिन् ।
कानुन, न्याय तथा संसदीय मामिला, खानेपानी, परराष्ट्र, वन तथा वातावरण, युवा तथा खेलकुद, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री प्रचण्डले सम्हाल्दै आएका छन् । बढीमा २५ मन्त्रमण्ड बनाउन पाउने संवैधानिक व्यवस्था अनुसार दुई राज्यमन्त्री पनि पद पनि खाली छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलविद्युत् आयोजनाको भविष्य समाप्त नपार्न इप्पानको आग्रह
-
कोटीहोम विवादमा महानगरलाई ट्रष्टको जवाफ : जग्गा भाडामा दिन महानगरलाई सोध्नुपर्दैन
-
प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम फागुन ४ गते
-
बजारमा ग्यास अभाव : के भन्छन् व्यवसायी ?
-
लुम्बिनी प्रादेशिक अस्पताल निर्माणबारे मुख्यमन्त्री आचार्यको चासो
-
यस्तो छ गोलरक्षक एञ्जिला अभिनीत फिल्म ‘अञ्जिला’को टिजर