सप्तरीमा ट्याक्टर पल्टेर चालकको मृत्यु
सोमबार, २० चैत २०७९, ०७ : २४

सप्तरी । सप्तरीको बोदेबर्साईन नगरपालिका वार्ड नम्बर ३ सारसरमा ट्याक्टर पल्टिँदा एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा ट्याक्टर चालक बोदेबर्साईन-१ धनगढी बस्ने अन्दाजी २२ वर्षीय पङ्कज यादव रहेका छन् ।
आइतबार बिहान सारसर पुवारी टोलस्थित भित्री सडक खण्डमा सारसरबाट धनगढीतर्फ जाँदै गरेको प्र-२-०१-००१ त २५१७ नम्बरको ट्याक्टर अनियन्त्रित भई पल्टिँदा यादवको घटना स्थलमै मृत्यु भएको सप्तरीका प्रहरी प्रवक्ता नरेश कुमार सिंहले जानकारी दिए । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता सिंहको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि सरकारले माग्यो सुझाव
-
प्रहरी प्रमुख त युवासंघको सहअध्यक्ष पो रहेछ : अध्यक्ष लिङ्देन
-
उपयुक्त समयमा संविधान संशोधन हुन्छः प्रधानमन्त्री ओली
-
गोली हानेर हत्या गरेपछि फरार प्रतिवादी साधुको भेषमा भेटिए, १७ वर्षपछि पक्राउ
-
बालुवाटार घेरेर भातपानी बन्द गर्ने लिङदेनको चेतावनी
-
बार निर्वाचन : श्रेष्ठ भन्दा मिश्र करिब दोब्बर मतले अगाडि, महासचिवमा केदारप्रसादलाई पछ्याउँदै यज्ञमणि