पीएसजी हार्दा मेस्सीको आलोचना
सोमबार, २० चैत २०७९, ०६ : ४१

पेरिस । घरेलु मैदानमा लियोनसँग पराजित हुँदा लियोनेल मेस्सीले पेरिस सेन्ट जर्मेनका समर्थकहरुको आलोचना खेप्नुपरेको छ । मेस्सीको नाम लिँदा समर्थकहरूले सिट्ठी बजाउँदै विरोध जनाएका हुन् ।
यो सिजनको अन्त्यमा मेस्सी बार्सिलोना फर्कने चर्चा चलिरहेको छ । दुई सिजन क्लबमा रहँदा पीएसजी च्याम्पियन्स लिगको अन्तिम १६ बाट नै बाहिरिनु परेको छ । खेलमा लियोनका ब्राडली बारकोलाको एकमात्र गोल निर्णायक बन्यो । यसअघि अलेक्सान्डर लाकाजेटले पेनाल्टीबाट गोल गर्न चुकेका थिए । खेलको अन्त्यतिर पीएसजीका सर्वाधिक गोलकर्ता किलियान एम्बाप्पेले खेलको अन्त्यतिर खेल बराबरी गर्ने मौका पाएका थिए । तर, उनको प्रहारलाई गोलकिपरले बचाउ गरेका थिए ।
विश्वकप यता पीएसजीले सबै प्रतियोगिताका १८ मध्ये ७ खेलमा पराजित भएको छ । त्यसअघि टोली २२ खेलमा अपराजित रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व सम्पदा दिवस : व्यास सम्पदा संरक्षणका लागि पदयात्रा
-
पत्रकार हुँ भनेर धम्की दिने एकजना पक्राउ
-
चन्द्रागिरिमा घाँटीमा चोट लागेको अवस्थामा भेटिए पुरुष
-
‘हेल्लो काशीराम’ बारे फुलन्देकी आमा – हास्य र व्यङ्ग्यको अनौठो मिश्रण
-
अमेरिका र युरोपबिच व्यापार सम्झौताको सम्भावना, इटालीका प्रधानमन्त्रीले भेटिन् ट्रम्पलाई
-
कर्मचारीलाई बेवास्ता गरेर ऐन ल्याए आन्दोलनमा उत्रिने चेतावनी