पुष्प मेलामा रु ८४ लाखको कारोबार

काठमाडौँ । पुष्प व्यवसायको प्रवद्र्धन गर्ने मुख्य उद्देश्यसहित सुरु भएको २४औँ फ्लोरा एक्स्पो मेलामा लक्ष्यभन्दा बढी रु ८४ लाखको आर्थिक कारोबार भएको छ । यही चैत १७ देखि सुरु भएको मेलामा ३८ हजारले अवलोकन गरेका छन् । मेलामा जम्मा रु ७५ लाख कारोबार हुने लक्ष्य लिइएको थियो तर तीन दिनमै लक्ष्यभन्दा बढी कारोबार भइसकेको छ । सोमबारसम्म रु एक करोड कारोबार हुने फ्लोरिकल्चर एशोसिएशन नेपालको अध्यक्ष मीनबहादुर तामाङको विश्वास छ । उनका अनुसार करिब ५० हजारले मेलाको अनुगमन गर्नेछन् ।
मेलामा विशेषगरी घरभित्र सजाउन प्रयोग गरिने फूल र घर बाहिर बगैँचामा सजावटको लागि प्रयोग गरिने फूल उपभोक्ताको रोजाइमा परेको छ । फ्लोरिकल्चर एशोसिएशन नेपालको आयोजनामा सञ्चालन गरिएको मेलामा ७० वटा कक्ष रहेका छन् । जसमा व्यवसायी ६० छ भने सूचनामूलक १० कक्ष रहेका छन् । मेलामा चार सय ५० भन्दा बढी फूल बिरुवाको प्रदर्शन गरिएको छ ।
त्यसैगरी नर्सरी व्यवसायीद्वारा उत्पादित आलङ्कारिक फूल बिरुवा, मौसमी फूल, स्टल सजावट, बगैँचा सजावट, पुष्प सजावटजस्ता उत्कृष्ट विधामा प्रतिस्पर्धा गराइ पुरस्कृतसमेत मेलामा गराइनेछ । मुख्यगरी तिहारमा प्रयोग हुने सयपत्री, मखमली र गोदावरी फूलमध्ये केही सयपत्री फूलको मालामात्रै भारतबाट ल्याउने गरिएको छ । अन्य समयमा प्रयोग हुने फूलमा भने देश आत्मनिर्भर भइसकेको छ ।
फूलको मागमा आएको वृद्धिसँगै विशेष गरी काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४३ जिल्लामा पुष्पखेती विस्तार भइसकेको छ । नेपालमा हाल व्यावसायिक रूपमा चार सय ५० प्रजातिका फूल उत्पादन हुँदै आएको छ ।
नेपालमा विसं २००७ देखि सुरु भएको पुष्प व्यवसाय सहरीकरणको विकास तथा विस्तारसँगै फस्टाउँदै गएको छ । कात्तिकदेखि फागुनसम्म विभिन्न चाडपर्व र विवाहको मौसम पर्ने हुँदा फूल बढी प्रयोग हुने गर्दछ । नेपालमा लगभग एक सय ५७ हेक्टर क्षेत्रफलमा सात सय व्यवसायीले यसको खेती गर्दै आएका छन् ।
कोरोना महामारीकै कारण विगतका वर्षमा लक्ष्यमा पुग्न निकै कठिन परेको भए पनि अहिलेकै अवस्थामा कारोबार गर्न सके यस वर्ष लक्ष्यमा पुग्न निकै सहज हुने विश्वास एसोसिएसनले लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रातोपाटी ब्रिफिङ : कुलमानबारे मन्त्रिपरिषद् बैठक अनिर्णितदेखि राजावादीले ‘हल्लाए गणतन्त्रको जग’सम्म
-
निषेधाज्ञाको निर्णयपछि राजेन्द्र लिङ्देनको प्रतिक्रिया– गणतन्त्रको जग हल्लिएछ !
-
अनुचित लेनदेन जाँचबुझ आयोग गठन, चिया विकास बोर्डमा पाण्डे नियुक्त
-
कुलमानबारे मन्त्रिपरिषद् बैठक अनिर्णित, राजावादीको सक्रियताबारे छलफल
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा रघुराज काफ्ले नियुक्त
-
अरुण प्रवेशमार्ग छुट मुआब्जा वितरण पुनः सुरु