प्रेस राज्यको नजरमा परेन : अध्यक्ष पोखरेल
काठमाडौँ । नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले प्रेस राज्यको नजरमा पर्न नसकेको बताएका छन् । नेपाल पत्रकार महासङ्घ दाङ शाखाको आयोजनामा ‘प्रेस काउन्सिलका सदस्य र न्यूनतम पारिश्रमिक निर्धारण समिति संयोजकसँग सञ्चार माध्यममा आचारसंहिता पालना’ विषयक छलफल भएको हो ।
कार्यक्रममा अध्यक्ष पोखरेलले संसद् र सरकारको प्राथमिकतामा मिडिया पर्न नसक्दा लामो समयदेखि बनेका ऐन, कानून सही ढङ्गले कार्यान्वयन हुन नसकेको बताए । उनले मिडियाका एजेण्डा सरकार र संसद्को प्राथमिकतामा पार्न पछिल्लो समय पत्रकार महासङ्घले निरन्तर पैरवी गर्दै आएको बताए ।
न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष सङ्गीता खड्काले मिडियाको सबलीकरणमा दाङले खेलेको भूमिका अहम रहेको उल्लेख गर्दै कामका लागि अवसर पनि पाएको बताए । प्रेस काउन्सिल सदस्य दीपक पाण्डेले समस्या ऐन नियममा रहेको औँल्याउँदै गलत र कमजोर मानसिकताले काम गर्दा सञ्चार क्षेत्रमा असर देखापर्ने गरेको बताए । प्रेस स्वतन्त्रता सेनानी सुशील गौतमले मिडिया क्षेत्र भय र लोभबाट मुक्त नहुँदासम्म नैतिक स्खलन भइरहने र यसले सिङ्गो सञ्चार क्षेत्र कमजोर बन्ने खतरा रहेको बताए ।
कार्यक्रममा महासङ्घ दाङ शाखा पूर्वअध्यक्ष तथा नयाँ युगबोध दैनिकका प्रबन्ध निर्देशक प्रताप रेग्मी, रेडियो मध्यपश्चिम सञ्चालक समिति अध्यक्ष मधुसूदन वैद्य, महासङ्घका पूर्वअध्यक्षहरु केबी मसाल, केएल पीडित, सुदीप गौतम, सविन प्रियासन, मेचीकाली अनलाइनका सम्पादक टीका बस्नेतले पत्रकारिता र मिडिया क्षेत्रको संवर्द्धन र प्रवर्द्धनका लागि राज्य उदार हुन आवश्यक रहेकोमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्च इञ्जिनपछि ब्राउजर ल्याउने योजनामा ओपनएआई
-
१२ बजे, १२ समाचार : चीनसँग ऋणसम्बन्धी सम्झौता नगर्ने प्रधानमन्त्री ओलीको बाचादेखि ११ महिनापछि बल्ल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिसम्म
-
नेपालगञ्ज भन्सारमा ६ वर्षदेखि छैन स्क्यानर मेसिन, हातैले छामेर मालसामान जाँच
-
सार्वजनिक शिक्षा सुधार्न नेत्रको संघर्ष, सातै प्रदेशमा उभिएर प्रदर्शन गर्ने
-
प्रभु साहको प्रश्न : प्रधानमन्त्रीको चीन भ्रमण देशका लागि हो कि तीर्थयात्रा ?
-
धितोपत्रको अध्यक्षमा व्यावसायिक पृष्ठभूमिका श्रेष्ठको ‘इन्ट्री’