चलचित्र पत्रकार संघले जारी गर्यो १२ बुँदे घोषणा पत्र
काठमाडौँ । चलचित्र पत्रकार संघ नेपालले १२ बुँदे घोषणा पत्र जारी गरेको छ । संघले शनिबार काभ्रे जिल्ला धुलिखेल स्थित इको रिसोर्टमा चौंथौं पूर्ण बैठक आयोजना गर्दै घोषणा पत्र जारी गरेको हो ।
चलचित्र पत्रकार संघ नेपालको केन्द्रीय समिति, शाखा अध्यक्षहरु र विभिन्न विभागका संयोजक, सदस्यहरु लगायत उपस्थित बैठकमा ‘नीति तथा परामर्श’ कार्यक्रम भेला समेत आयोजना गरेको थियो । पूर्ण बैठक तथा ‘नीति तथा परामर्श’ भेलाले १२ बुँदे घोषणा पत्र जारी गरेको छ ।
बैठकले वार्षिक कार्य योजनाको लागी नीति तथा परामर्श भेलामा विभिन्न सुझाव संकलन समेत गरिएको महासचिव रघुनाथ सापकोटाले जानकारी दिए ।
यस्ता छन् १२ बुँदे घोषणा
१. संघीय र प्रदेश सरकारले पत्रकारितासँग सम्बन्धित संघ संस्थालाई हरेक वर्ष दिँदै आएको अनुदान रकम चलचित्र पत्रकार संघलाई प्राथमिकताका साथ उपलब्ध गराउन यो बैठक सम्बन्धित निकायसमक्ष जोडदार माग गर्दछ ।
२. सरकारले निर्माण गरेको समावेशी सञ्चार नीति तत्काल कार्यान्वयन गर्न यो बैठक जोडदार माग गर्ने ।
३. श्रमजीवी पत्रकार ऐनले पत्रकारका लागि तय गरेको न्यूनतम पारिश्रमिक तत्काल कार्यान्वयन गर्ने
४. विज्ञापन बोर्डले प्रदान गरिने समानुपातिक विज्ञापन प्रणाली कार्यान्वयनमा फितलो रहेको र पहुँच भएकाले मात्र पाउँदै आएकाले समावेशी रूपमा साना तथा मझौला मिडिया र स्वरोजगारमुखी मिडियालाई पनि वितरण गर्न माग
५. नेपाली चलचित्रलाई बजार प्रवर्धन गर्दै अन्तर्राष्ट्रियकरणका लागि चलचित्रसँग सम्बन्धित संघसंस्था, चलचित्र विकास बोर्ड र सम्बन्धित सरकारी निकायले चलचित्र पत्रकारसँग समन्वय र सहकार्य गरी कार्यक्रम व्यवस्थापन गर्ने
६ं. चलचित्र पत्रकारलाई दक्ष बनाउन पत्रकारमुखि विविध कार्यशाला तथा प्रशिक्षण कार्यक्रम नियमित रूपमा सञ्चालन गर्नका लागि संंघीय सरकार, प्रदेश सरकार, चलचित्र विकास बोर्ड र नेपाल पत्रकार महासंघसँग माग
७ं. नेपाल सरकार एवं चलचित्र विकास बोर्ड र प्रेस काउन्सिल तथा नेपाल पत्रकार महासंघले प्रदान गर्दै आएको पत्रकारिता पुरस्कार तथा सम्मानमा चलचित्र पत्रकारलाई पनि समावेश गर्न माग
८. चलचित्रसँग सम्बन्धित संघ संस्था तथा सरकारी निकायबाट हुने गरेका चलचित्रसम्बन्धी अनुगमन, मूल्याङ्कन तथा विदेश भ्रमण÷अवलोकनजस्ता कार्यक्रममा चलचित्र पत्रकारलाई अनिवार्य सहभागी गराउने
९. चलचित्र पात्रकारको स्वास्थ्य र दुर्घटना बिमाको व्यवस्थाका लागि सङ्घीय सरकार र प्रदेश सकारसँग माग गर्ने
१०. प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि नेपाल सरकार तथा सम्बद्ध निकायसँग माग गर्ने
११. नेपाली चलचित्र क्षेत्रको श्रीवृद्धि र बजार व्यवस्थापनका लागि चलचित्र विकास बोर्डले तयार गरेको चलचित्र नीति तथा कार्यक्रमलाई यथाशक्य कार्यान्वयन गर्न सूचना तथा सञ्चार प्रविधि मन्त्रालय तथा सङ्घीय सरकारसँग जोडदार माग गर्ने ।
१२. नेपाली चलचित्रसँग सम्बन्धित पेसागत तथा व्यावसायिक संघसंस्था र चलचित्र पत्रकार संघ नेपालको आपसी सहकार्य र समन्वयका लागि माग
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारीका सफ्टवेयरमा ‘लक सिस्टम’ लागू गरिँदै, कोशीमा १९ कम्पनी सूचीकृत
-
पोखरा महानगरले हटाएका कर्मचारी अदालतमा, दिएन अन्तरिम आदेश
-
विदेशी मुद्रा सहित एक जना पक्राउ
-
कीर्तिपुरमा विरासत जोगाउने र उल्टाउने चुनौतीमा कांग्रेस–एमाले, इतिहास रच्ने दाउमा माओवादी
-
‘बीबीए’ तहमा धौलागिरि क्याम्पसका छात्र रिजाल उत्कृष्ट
-
आज कुन तरकारी तथा फलफूलको कति छ मूल्य ? (सूचीसहित)