सिटीसँगको हारपछि लिभरपुलको बसमा इँटा प्रहार
आइतबार, १९ चैत २०७९, १६ : ४२

म्यानचेस्टर । शनिबार भएको खेलमा म्यानचेस्टर सिटीसँगको हारपछि लिभरपुलको टिम चढेको बसमा सम्भावित इँटा प्रहारको घटनामा प्रहरीले अनुसन्धान सुरु गरेको छ । सिटीसँग ४–१ को लज्जास्पद पराजय बेहोरेर इतिहाद रंगशालाबाट बाहिरिने क्रममा बसमा इँटा प्रहार भएको बताइएको छ ।
घटनामा बसको सिसामा क्षति पुगेको छ । यद्यपि, घटनामा कोही पनि घाइते नभएकाले बसले आफ्नो नियमित यात्रा जारी राखेको थियो । घटनाबारे ग्रेटर म्यानचेस्टर पुलिस (जीएमपी) ले अनुसन्धान सुरु गरेको छ ।
सिटीले एक आधिकारिक वक्तव्य जारी गर्दै घटनाको भर्त्सना गरेको छ भने प्रहरीको अनुसन्धानलाई सहयोग गर्ने बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एभरेष्ट अस्पताललाई काठमाडौँ महानगरले तिरायो ५० हजार जरिवाना
-
भलिबललाई जीवन बनाएकी संगीता
-
१५ दिनदेखि शिक्षकहरू सडकमा, सबैलाई आन्दोलनमा सहभागी हुन उर्दी (तस्बिरहरू)
-
कार्यदल र उच्चस्तरीय संयन्त्रको छुट्टाछुट्टै बैठक आह्वान
-
नेपालको लगातार तेस्रो जित, १३ औँ ओभरमै हङकङलाई हरायो
-
वीरगन्जमा सामाजिक सद्भाव कायम गर्न सरकार गम्भीर बन्नुपर्छ: साह