बारा पुगेर सीके राउतले भने– यति छिट्टै उपेन्द्र संसद्मा जानु हुँदैन

बारा । जनमत पार्टीका अध्यक्ष सीके राउतले जसपा अध्यक्ष उपेन्द्र यादवलाई जनताले भर्खरै अस्वीकार गरेकाले यति छिट्टै फेरि संसदमा जान नसक्ने बताएका छन् । आइतबार बारा–२ निर्वाचन क्षेत्र पुगेका राउतले केही महिनाअघि मात्रै निर्वाचन हारेका यादव बारा २ मा निर्वाचन लड्न आए त्यो जनमतकै अपमान हुने बताएका हुन् ।
‘उपेन्द्र यादव भर्खर पराजित भएर आएको हुनाले यति चाँडो संसदमा जानु हुँदैन । त्यो गर्नुभयो भने जनमत र जनताले दिएको मतको अपमान हो भन्ने जनताले पनि बुझेका छन्’, राउतले भने, ‘त्यही भएर षड्यन्त्र गरेर उहाँ आउँदै हुनुहुन्छ, तर, यहाँका जनताले सफल हुन दिँदैनन् ।’
राउतले बारा २ मा जनमत पार्टीकै उम्मेदवारले जित्ने दाबी गर्दै भने आफू पनि अवश्यकताअनुसार निर्वाचन अवधिभर बारामै बस्ने बताए । ‘यहाँका जनतालाई सीके राउतलाई भेटौ भन्नेछ । त्यसका साथै जनमत पार्टीको स्वच्छ छवि र सदनमा देखाएको सक्रियताले गर्दा पनि जित्ने लगभग निश्चित छ’, राउतले भने, ‘उपेन्द्रजी बाहिरबाट आउनुभएको छ । यहाँका जनताले यहीकै भूमिपुत्रलाई जिताउँछन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१ करोड १३ लाख मानिसले ‘कहिलै नफर्कने गरी’ छाडे जन्मस्थान
-
अमेरिकी डलर, युरो, पाउण्ड तथा अष्ट्रेलियन डलरको मूल्य कति ? यस्तो छ विदेबी मुद्राको किनबेचदर
-
आज चैत्र कृष्ण औँसी, काठमाडौं उपत्यकामा घोडेजात्रा
-
कोरियाबाट फर्केर सामूहिक कृषि फार्म सञ्चालन
-
चिनी उत्पादन अनुपातमा कमी
-
आईपीएल क्रिकेटमा रोयल च्यालेन्जर्सको लगातार दोस्रो जित, चेन्नईलाई चड्कन