राष्ट्रिय वाणिज्य बैंकद्वारा ग्लोबल मनी विकमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन
काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले ग्लोबल मनी विकको अवसरमा देशभरी विभिन्न १३४ शाखा कार्यालयहरु मार्फत १० हजार भन्दा बढी युवा विद्यार्थी, कर्मचारी, मजदुर, कृषकहरु माझ वित्तीय चेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गरेको छ । अन्तर्राट्रिय रुपमा हरेक वर्ष मार्च महिनाको दोस्रो सातामा मनाइने ग्लोबल मनी विक बैंकले चैत ६ देखि १२ गतेसम्म साताव्यापी प्लान योर मनि, प्लान्ट योर फ्यूचरको नारासहित सम्पन्न गरेको छ ।
बैंकले विभिन्न स्कुल तथा कलेजका विद्यार्थीहरु, कर्मचारी, मजदुर तथा कृषकहरुको सहभागितामा सातै प्रदेशका शाखा कार्यालयहरुबाट देशव्यापी वित्तीय चेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गरेको हो । अभियान अन्तर्गत बैंकले डिजिटल बैंकिङ्ग, क्यूआर, पोस सेवा, आरविवि स्मार्ट बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, पिन तथा पार्सवर्ड सुरक्षा, ओटिपी, रेमिट्यान्स कारोबार, बचत तथा कर्जाको सदुपयोग सम्बन्धी संचेतना कार्यक्रम सञ्चालन भएको थियो ।
बैंकका विभिन्न शाखा कार्यालयहरुमार्फत वित्तीय सचेतनामूलक अन्तरक्रिया सञ्चालन भएकोे छ । यसका साथै सामाजिक सञ्जालबाट चेतनामूलक श्रव्यदृष्य सामग्रीहरु समेत प्रसारण गरेको छ । यसै सन्दर्भमा बैंकले सञ्चालन गरेको ग्लोबल मनी विक कार्यक्रमको समिक्षा समेत गरेको छ । बैंकले केही वर्षदेखि हरेक त्रयमासमा सबै शाखा कार्यालयहरु मार्फत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।
सन् २०१२ देखि प्रत्येक वर्ष विश्वका १७६ भन्दा बढी मुलुकमा सञ्चालन हुँदै आएको ‘ग्लोबल मनी विक’ मुलतः किशोर÷किशोरी तथा युवा÷युवतीमा वित्तीय शिक्षाको महत्वबारे जागरण ल्याउने उद्देश्यका साथ विश्वव्यापी रूपमा थालिएको अभियान हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला : ‘घुमौँ मधेसः बुझौँ मधेस’ प्रति विशेष आकर्षण
-
विजय बरालालले छोड्न लागेका हुन् ‘कमेडी दरबार’ ?
-
थाहा पाएसम्म अरूलाई पनि भ्रष्टाचार गर्न दिन्नँ : प्रधानमन्त्री
-
आवासीय चिकित्सकहरूले माइतीघर मण्डलामा धर्ना दिने
-
अखिल क्रान्तिकारीको कोषाध्यक्षमा फूलमायाले बाजी मारिन्, सचिवमा को–को विजयी भए ?
-
निकट भविष्यमा विश्व व्यवस्थाको नेतृत्व गर्ने चीनको महत्त्वाकाङ्क्षा