कांग्रेसले तनहुँ र चितवनको उपनिर्वाचनमा खटायो दुई महामन्त्री

काठमाडौँ । नेपाली कांग्रेसले १० वैशाखमा हुने उपनिर्वाचनका लागि दुई महामन्त्रीलाई खटाएको छ । कांग्रेसले महामन्त्री गगन थापालाई तनहुँ– १ र महामन्त्री विश्वप्रकाश शर्मालाई चितवन–२ मा खटाएको हो ।
तनहुँ–१ का कांग्रेस उम्मेदवार गोविन्द भट्टराईको उम्मेदवारी दर्ता गराउन महामन्त्री थापा भोलि तनहुँ जाने छन् ।महामन्त्री थापासँग केन्द्रीय सदस्य उमेशजंग रायमाझी पनि तनहुँ जाने छन् । महामन्त्री थापाले गोविन्दराज जोशीलाई भट्टराई पक्षमा समर्थन गराउने प्रयास गरिरहेका छन् ।
यस्तै महामन्त्री शर्मा कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठको उम्मेदवारी दर्ता गराउन चितवन जाने भएका छन्। शर्मासँग सह–महामन्त्री महालक्ष्मी उपाध्याय (डिना) चितवनको उम्मेदवारी कार्यक्रममा सहभागी हुने छन् ।
तनहुँ–१ मा महामन्त्री थापा र चितवन २ मा शर्माले समन्वयको जिम्मा पाएका छन् । दुवै महामन्त्रीले मनोनयन दर्तापछि आयोजित सभालाई सम्बोधन गर्ने कार्यक्रम पनि रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रकार रजकको एक्स-रे सम्पन्न, गोली लागेको भेटिएन
-
लाज शरणम्’का बालकलाकार केसीकाे कुपोषणका कारण निधन
-
१० बजे १० समाचार : तीनकुने घटनामा प्रहरीको चुकदेखि बालेनको अल्टिमेटमसम्म
-
युट्युबर गंगा लामा पक्राउ
-
कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशनबाट सात विधेयक पारित
-
लखनउद्वारा जितका लागि १ सय ७२ रनको लक्ष्य प्रस्तुत