शून्य समयमा सांसद : सरकारले फेरि मिटरब्याजी पीडितलाई धोका दियो

काठमाडौँ । सांसदहरुले मिटरब्याजी पीडितलाई सरकारले फेरि धोका दिएको बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद ठाकुर गैरेले सरकारले मिटरब्याजीहरुबाट पीडित भएका व्यक्तिहरुमाथि सरकारले अर्को धोकाधढी गरेको बताएका हुन् ।
उनले भने– ‘सरकारले मिटरब्याजी पीडितमाथि फेरि धोकाधढी गरेको छ । एउटा आयोगको प्रतिवेदन थन्काएर फेरि अर्को आयोग गठन गरेर फेरि यो विषयलाई लम्ब्याउने, अल्मल्याउने र पीडकहरुलाई उन्मुक्ति दिनेतर्फ काम भएको छ यसमा सुधार हुनुपर्छ र तत्काल पीडकहरुले कारवाही पाउनुपर्छ भन्ने कुरालाई सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’
उनले शून्य समय र विशेष समयमा उठेका कुराहरु सरकारले, मन्त्रीले, प्रधानमन्त्रीले जवाफ दिनुनपर्ने नियम अनुसार नै चलेको हो भन्दै प्रश्न गरे । यस्तै अर्का सांसद तेजुलाल चौधरीले शनिबार सरकार र मिटरब्याजी पीडितबीच ५ बुँदे सहमति भएको उल्लेख गर्दै सो सँगै पुरानो प्रतिवेदन पनि पेस भएकोले त्यसको कार्यान्वयनका लागि माग गरे ।
उनले प्रत्येक जिल्ला तथा स्थानीय तहमा खुलेका बैंक तथा वित्तिय संस्थामा वित्तिय पहुँच न्यून देखिएको भन्दै यस्ता संस्थाले टोल टोलमा पुगेर बैंकिङ शिक्षा दिनुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ललितपुरको मंगलबजारमा ११ वर्षीया बालिका मृत फेला
-
नयाँ वर्ष २०८२ को पूर्वसन्ध्यामा यस्तो देखियो पर्यटकीय राजधानी पोखराको लेकसाइड क्षेत्र [तस्बिरहरु]
-
ड्रोन दर्ता शुल्कमा अत्यधिक वृद्धि गरिएकोमा विमान संघको ध्यानाकर्षण
-
२०८१ को अन्तिम सूर्यास्त [तस्बिरहरु]
-
नयाँ वर्षको अवसरमा भूतपूर्व राजा ज्ञानेन्द्र शाहको शुभकामना सन्देशको पूर्णपाठ
-
सल्यानमा चट्याङ लागेर बालिकाको मृत्यु