बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

विवाहको प्रश्नमा ब्रेक लाग्यो : शुभेच्छा खड्का

आइतबार, १९ चैत २०७९, १३ : ०६
आइतबार, १९ चैत २०७९

काठमाडौंँ । विवाह कहिले गर्ने ? अधिकांश अविवाहित अभिनेत्रीमा बारम्बर तेर्सिने प्रश्न हो यो । अभिनेत्री शुभेच्छा खड्कालाई पनि यो प्रश्नले हैरान पारेको छ । अव भने आफ्नो जीवनमा यो प्रश्नको ब्रेक लागेको उनको बुझाई रहेको छ । किनभने केही अगाडि उनले प्रेमी आश्वासन जोशीसँग इन्गेजमेन्ट गरेकी छन् । प्रेमी आश्वासनसँग इन्गेजमेन्ट भएपनि उनको विवाहको मिति भने तय भएको छैन । इन्गेजमेन्ट गरेपनि विवाह केही वर्ष नगर्न सक्ने उनले बताइन् । ‘विवाह उचित समय आएपछि हुन्छ’ उनले भनिन् ‘केही महिना अगाडिसम्म इन्गेजमेन्ट होला भनेर पनि सोचेको थिइन । दुबै परिवारको कुरो मिल्यो, भयो ।’

सेलिब्रेटीको विवाह सबैको चासोको बिषय बन्ने गरेको छ । उनी भने विवाह पनि इन्गेजमेन्ट जस्तै सरप्राइज दिने सोचमा छिन् । ‘विवाह यो समय गर्ने भनेर प्लानिङ छैन’ उनले भनिन् ‘विवाह अरुको देख्दा भव्य गर्नुभयो भनेर भन्छौ । जब आफ्नो समय आउँछ । त्यो आफ्नै तरिकाले गर्न मन लाग्दो रहेछ ।’ विवाह आफ्नो मनपर्ने मानिससँग झन् धेरै माया बाड्ने समय भएकाले स्पेशल गर्नुपर्ने उनको धारणा रहेको छ ।

विवाह मानिसका लागि महत्वपूर्ण क्षण हो । कतिपय महिला विवाहमा खुसीभन्दा बढी भावुक देखिन्छन् । उनको चिन्ता विवाहपछि पुरुषको घर बुबाको घरझै स्वतन्त्र होला, नहोला भन्ने हो । उनलाई भने यो चिन्ता छैन रे । ‘मेरो हुनेवाला श्रीमानको फ्यामिली एकदमै सहज र आफ्नै जस्तो भएकोले गाह्रो नहोला । म अहिले जस्तो छु । त्यस्तै हुन्छ । मेरो जीवनमा माया बाँडने मानिस मात्र थपिने हो । म एक्साइटेट छु । विवाहपछि पनि करियर जारी राख्छु । नियमित काममा कम्परमाइज गर्दिन’ उनले भनिन् ‘छोरीको जस्तो स्वतन्त्र बुहारीमा त नहोला । के होला, कस्तो होला भनेर म अहिले सोच्दिन पनि ।’

सौन्दर्य प्रतियोगिता हुँदै कार्यक्रम होस्टमा प्रवेश गरेकी उनी अभिनित दोस्रो फिल्म ‘प्रेमा’ गत शुक्रबारबाट प्रदर्शनमा आएको छ । फिल्ममा उनले मुख्य भूमिका निर्वाह गरेकी छन् । ‘रणवीर’ बाट अभिनयमा डेब्यु गरेकी उनको ‘प्रेमा’ बाट ब्यवसायिक सफलता प्राप्त गर्ने आश छ । फिल्मले भने सोचेजस्तो राम्रो व्यवसाय गर्न सकिरहेको छैन ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप