सुपर ओभरमा श्रीलङ्कासँग हा-यो न्युजिल्याण्ड

अकल्याण्ड । सुपरओभरमा न्युजिल्याण्डलाई हराउँदै श्रीलङ्काले टी–२० शृङ्खलामा विजयी सुरुवात गरेको छ । नियमित ओभरमा दुई टोलीको समान स्कोर भएपछि खेल सुपरओभरमा पुगेको थियो ।
महिश थिकसानाको कसिलो बलिङबीच न्युजिल्याण्डले एक ओभरमा २ विकेटको क्षतिमा ८ रनमात्र बनाउन सक्यो । जवाफमा चारिथ असालांकाले एडम मिल्नेको बलमा एउटा छक्का र चौका हिकाउँदै टोलीलाई जीत दिलाएका हुन् ।
यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको श्रीलङ्काले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ९६ रन बनाएको थियो । प्लेयर अफ द म्याच घोषित चारिथ असालांकाले ४१ बलमा ६ वटा छक्का र २ चौकाको मद्दतले ६७ रन बनाए । त्यस्तै, कुशल परेराले नटआउट रहँदै ५३ तथा कुशल मेन्डिसले २५ रन बनाए । न्युजिल्याण्डका लागि जेम्स निसमले २ विकेट लिए ।
जवाफी ब्याटिङमा उत्रेको न्युजिल्याण्डले पनि ८ विकेटको क्षतिमा समान १ सय ९६ रन बनायो । न्युजिल्याण्डका लागि डार्यल मिचेलले ६६ तथा मार्क च्यापम्यानले ३३ रन बनाए । श्रीलङ्काका लागि प्रमोद मधुशांका, वानिन्दु हसारांगा र धनुष शनाकाले २–२ विकेट लिए ।
Indian Premier League (IPL) 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धोनीको कप्तानीमा चेन्नईको पुनरागमन, लखनऊ ५ विकेटले पराजित
-
नयाँ वर्षको दिन सङ्खुवासभामा चट्याङ लागेर एकै परिवारका चार जना घाइते
-
१२ बजे, १२ समाचार : नयाँ वर्षको पहिलो दिन पनि शिक्षकहरू सडकमैदेखि बैंकहरूले लागु गरे नयाँ ब्याजदरसम्म
-
धनगढी हाफ म्याराथनको उपाधि आर्मीका खड्कालाई
-
अस्ट्रेलियामा नयाँ प्रजातिका ‘विशबोन’ माकुरा फेला
-
गायक आचार्यको नयाँ म्युजिक भिडियो सार्वजनिक