पश्चिम बंगालमा भाजपा नेता राजु झाको गोली हानी हत्या

भारतीय जनता पार्टीका नेता तथा कोइला व्यवसायी राजु झाको पश्चिम बंगालको पूर्वी बर्दवान जिल्लामा हत्या गरिएको छ । हत्यामा प्रयोग भएको निलो रङ्गको कार आइतबार बिहान प्रहरीले बरामद गरेको छ ।
यद्यपि, गाडीको नम्बर प्लेट नक्कली छ । राजु झामाथि गोली प्रहार गर्नेहरू यही गाडीमा रहेको दाबी गरिएको छ । एक प्रहरी अधिकारीले यो जानकारी दिएका हुन् ।
राजु झामाथि शनिवार राति करिब आठ बजे राजमार्ग छेउमा रहेको शक्तिगढमा निलो रङ्गको कारमा सवार अज्ञात आक्रमणकारीले गोली प्रहार गरेका थिए ।
गोली प्रहारका कारण ड्राइभिङ सिटमा बसेका राजु र उनका एक सहकर्मी गम्भीर रूपमा घाइते भएका छन् ।
राजु झालाई अस्पताल लैजाने क्रममा मृत घोषणा गरिएको थियो । त्यसपछि आक्रमणकारी कार त्यहीँ छोडेर भागेको प्रहरीको अनुमान छ ।
राजुको कार शक्तिगढस्थित मिठाई पसल अगाडि पार्किङ गरिएको प्रत्यक्षदर्शीले बताए ।
त्यही क्रममा नीलो रङ्गको कारमा रहेका मानिसहरूले अन्धाधुन्ध गोली चलाउन थाले र हतारमा कोलकातातर्फ लागे ।
आक्रमणपछि यसमा सवार आरोपीले कारलाई त्यहीँ छाडेर रेल चढेर कोलकातातर्फ लागेका हुन सक्ने प्रहरीले जनाएको छ । पहिला उनीहरू हत्यापछि सडक मार्ग हुँदै कोलकाता जाने तयारीमा थिए । तर ठाउँ–ठाउँमा नाका चेकिङका कारण उनीहरुले आफ्नो उद्देश्य बदलेको अनुमान गरिएको छ ।
प्रहरीका अनुसार यो गाडी आइतबार बिहान स्टेसन जाने बाटोमा अलपत्र अवस्थामा फेला परेको हो ।
प्रहरीले कारबाट केही बोतल रक्सी समेत बरामद गरेको छ । प्रहरीले आक्रमणकारीको खोजी गरिरहेको छ ।
यसैबीच, तृणमूल कांग्रेसका विधायक बाबुल सुप्रियोले अब भाजपाका पूर्व प्रदेश अध्यक्ष दिलीप घोषलाई निशाना साँध्दै राजुका कारण नै पार्टीका शीर्ष नेतासँग उनको (बाबुलको) मतभेद सुरु भएको बताए ।
उनले दिलीप र कैलाश विजयवर्गीयले राजुलाई पार्टीमा ल्याएको दाबी गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैशाख १५ सम्म नारायणघाट–बुटवल सडकखण्ड रातको समयमा बन्द
-
नयाँ वर्षको अवसरमा ७ चलचित्र निर्माणको घोषणा, तीनको प्रदर्शन मिति तय
-
१२ वर्षमा जम्मा ३० किसिमका बिरुवाको बीमालेख
-
सिरुवा पर्वले सत्मार्गमा अघि बढ्न प्रेरणा दिन्छ : मुख्यमन्त्री कार्की
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
-
भक्तपुरको गुण्डुमा पाँचतारे होटल निर्माण गर्दै स्वनिगः रिसोर्ट प्रालि, भूमि पूजा सम्पन्न