सभामुखको अधिकार कटौतीबारे मध्यमार्गी बाटो खोजिने
_oHmuy1P0z6.jpg)
काठमाडौँ । संसदीय नियमावलीमा प्रतिनिधि सभाका सभामुखको विशेष अधिकार कटौतीबारे सहमति खोज्न सांसदहरुबीच समझदारी भएको छ । शनिवार सभामुख र दलका सचेतकहरुबीच भएको छलफलमा सभामुखको अधिकार कटौती गर्ने गरी दर्ता गरिएका संशोधन प्रस्ताव फिर्ता लिनेभन्दा पनि सुधार गर्ने समझदारी बनेको नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।
सो समझदारी भएपछि संसद्को कार्य व्यवस्था परामर्श समितिको बैठक निरन्तर राख्ने पनि सहमति बनेको छ । कांग्रेस, माओवादी, रास्वपा, जसपा, एकीकृत समाजवादीलगायत सत्तारूढ दलका सांसदले ‘यस नियमावलीमा सभामुखले गर्ने भनेर उल्लेख गरिएका कार्य सभामुखले कार्य व्यवस्था समितिको बैठकबाट निर्णय गरी गर्नुपर्नेछ’ भन्ने संशोधन प्रस्ताव दर्ता गराएका थिए ।
संशोधन प्रस्तावकर्ता नेकपा एकीकृत समाजवादीका सांसद भानुभक्त जोशीले मध्यमार्गी बाटो निकाल्ने गरी शनिवार छलफल भएको आफूले जानकारी पाएको उनले बताए । ‘विशेषाधिकार अन्तर्गत सभामुखले मनोमानी बैठकहरू राख्ने गरेकाले त्यसको विरोधमा संशोधन प्रस्ताव हालिएको थियो तर हिजोको छलफलमा दुवै पक्ष मध्यमार्गी बाटोबाट निकास निकाल्न सकिनेमा पुगेको बुझिएको छ ’, जोशीले रातोपाटीसँग भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बार निर्वाचनको मतगणना दिउँसो १२ बजेपछि
-
बेहुलाको जुत्ता लुकाउँदा बबाल : बेहुलीविना फर्किए जन्ती, बिहे रद्द
-
माओवादीद्वारा ८ बुँदे सर्कुलर, नेताहरूलाई जिम्मेवारीदेखि विद्यार्थी नेताको एक तह बढुवा स्थगितसम्म
-
रविको मुद्दा : उच्च अदालतको आदेशको पत्र जिल्ला अदालत पुग्यो
-
गाजामा इजरायली आक्रमणको विरोधमा मोरक्कोको राजधानीमा विरोध प्रदर्शन
-
अमेरिकी भन्सार नीतिले विश्वव्यापी व्यापारमा बाधा पुर्याउँछः तान्जानियाली विश्लेषक