आईपीएलमा लखनउको सानदार विजयी सुरुवात
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ मा लखनउ सुपर जायन्ट्सले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ । शनिबार भएको खेलमा दिल्ली क्यापिटल्सलाई ५० रनले हराउँदै लखनउ सुपर जायन्ट्सले सानदार विजयी सुरुवात गरेको हो ।
जितका लागि १ सय ९४ रनको लक्ष्य पछ्याएको दिल्लीले नौ विकेट गुमाएर १ सय ४३ रन मात्र बनाउन सक्यो । लखनउका तीव्र गतिका बलर मार्क वुडले पाँच विकेट लिएपछि दिल्ली १४३ मै समेटियो । दिल्लीका कप्तान डेविड वार्नरले बनाएको ५६ रन बनाएपनि जिका लागि प्राप्त हुन सकेन ।
दिल्लीलाई ओपनर पृथ्वी शा १२ रनमा बोल्ड हुँदा मिचेल मार्श शुन्य रनमा आउट भए । यस्तै शरफराज खान ४, राइली रोसोउ ३० र अक्षर पटेल १६ रनमा आउट भए । लखनऊको जितमा मार्क वुडले ४ ओभरमा १४ रन खर्चेर सर्वाधिक ५ विकेट लिए । वुड आइपिएल २०२३ मा पाँच विकेट लिने पहिलो खेलाडी हुन् । रवि विश्रोईले ४ ओभरमा ३१ रन खर्चेर २ विकेट लिए । आवेश खानले ४ ओभरमा २९ रन खर्चेर २ विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको घरेलु टोली लखनऊले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ९३ रन बनाएको थियो । लखनऊले आफ्नो दोस्रो खेल सोमबार चेन्नई सुपर किंग्ससँग खेल्नेछ भने दिल्लीले मंगलबार गुजरात टाइटन्ससँग खेल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सानेपामा भारतीय नम्बरको ट्रकले ४ वटा गाडीलाई ठक्कर दियो, २ जना घाइते
-
चार महिनामा १० अर्बको खाद्यान्न आयात
-
नेपाल वायुसेवा निगमले माथिल्लो भाडादरमा अन्तर्राष्ट्रिय टिकट नबेच्ने
-
राष्ट्रिय गौरवका आयोजनाहरूमा देखिएका समस्याको समाधान तत्काल गर्न प्रधानमन्त्रीको निर्देशन
-
पूर्वमन्त्रीको संलग्नतामा मानव तस्करी प्रकरण : प्रहरीले बुझायो अनुसन्धान प्रतिवेदन
-
काठमाडौँ महानगरले १६ दिने लैङ्गिक हिंसाविरुद्धको अभियान सञ्चालन नगर्ने