शुक्रबार, १२ पुस २०८१
ताजा लोकप्रिय

१४ वटा पदयात्राका क्षेत्र तोकेर टिप्सको मापदण्ड लागू

आइतबार, १९ चैत २०७९, ०६ : ४२
आइतबार, १९ चैत २०७९

काठमाडौं । सरकारले पदयात्राका लागि मुलुकका १४ ओटा क्षेत्रका विभिन्न रूट तोकेर 'पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) लाई व्यवस्थित गर्नेसम्बन्धी मापदण्ड २०७९' लागू गरेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले शनिवार टिम्सको नयाँ मापदण्डको शुभारम्भ गरेका छन् ।

नयाँ मापदण्डले पूर्वको कञ्चनजंघा क्षेत्रदेखि पश्चिमको हुम्ला क्षेत्रमा पर्ने विभिन्न रूटमा यात्रा गर्ने पदयात्रीले टिम्स अनुमतिपत्र लिनुपर्ने व्यवस्था गरेको छ । 

मापदण्डमा तोकिएको रूटमा जानुअघि पदायात्रीले अधिकतम २ हजार रुपैयाँ शुल्क तिरेर अनुमतिपत्र लिनुपर्ने उल्लेख छ । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप