मालदार मन्त्रालयमा १० औँ करोडका डिल हुन्छन् : वाग्ले

काठमाडौँ । अर्थविद् एवं राष्ट्रिय स्वतन्त्र पार्टीबाट तनहुँ निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार डा. स्वर्णिम वाग्लेले पैसाले राजनीतिलाई विकृत बनाइरहेको बताएका छन् । शनिवार राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले पैसाले राजनीतिलाई धेरै नै मलजल गरेकाले यस्तो विकृत पक्षलाई हटाउन जरुरी रहेको बताए ।
उनले मालदार मन्त्रालयमा १० औँ करोडको डिल हुने गरेको बताए । उहाँले भन्नुभयो, ‘कुशासनका कुराहरू छन्, पैसा कहाँबाट आउँछ, पैसाले राजनीतिलाई कसरी मलजल गरिरहेको छ, लोकतन्त्रलाई विकृत बनाइरहेको राजनीतिमा पैसाको भूमिका कस्तो छ ? भन्ने कुरा जोडिएको छ । अन्य परम्परागत पार्टी, पुराना पार्टीहरूमा टिकटको किनबेच, यहाँ कुनै पनि हस्तक्षेप भएन । हामी ढुक्कले उम्मेदवार बुझ्न सक्यौँ । अन्य पार्टीहरूमा वडा सदस्यको लागि पनि पैसा दिनुपर्छ । झनै मालदार मन्त्रीहरूका लागि कस्तो हुन्छ ? मालदार मन्त्रालयमा त १० औँ करोडको डिले हुन्छ भन्ने छ । यसले टिकट पाउनकै लागि त्यत्रो महँगो भयो भने चुनावी खर्च कति हुन्छ ? सत्तामा पुगिसकेपछि झन् के हुन्छ ? त्यसैले यो पैसाले हाम्रो राजनीतिलाई असाध्य विकृति बनाइरहेको छ । त्यसलाई क्लिनअप गर्नको लागि प्राइमरीको कन्सेप्टलाई यो पार्टीले अवलम्वन गरेको छ । त्यो भनेको सुशासनको पहिलो खुड्किला हो ।’
डा. वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेको उत्तराधिकारीका रूपमा आफू तनहुँबाट विजयी हुने दाबी गरे । उनले आफू पछि फर्किने नभई अघि बढ्नका लागि नै रास्वपा प्रवेश गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
देश विकास गर्न छिमेकी राष्ट्रको प्रविधि उपयोग गर्न विज्ञहरूको सुझाव
-
चापाकोटमा चार सय रोपनीमा सामूहिक आलुखेती
-
मोती शोभा श्रेष्ठका चार कृति सार्वजनिक
-
पाथीभरा केबलकार विवाद : समाचार सम्प्रेषण गर्दा आचारसंहिता पालना गर्न महासंघको आग्रह
-
रवि लामिछानेले सहकारीको रकम ठगेका छन्, सजाय हुनुपर्छ : शेखर कोइराला
-
पोखरामा आयोजित स्वजागरण कार्यक्रम, तस्बिरमा हेर्नुहोस्